मनोरञ्जनसमाचार

प्रकाश सपुतको दमाई महाराजु युट्युबमा नम्बर १ मा ट्रेण्डिङ

'Damai Maharaj'

Gobal IME Bank

काठमाडौँ। गायक प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘दमाई महाराज’ युट्युबको ट्रेण्डिङ १ मा उक्लेको छ । प्रकाशको आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार साँझ सार्वजनिक भएको म्युजिक भिडियो अहिलेसम्म २३ लाखभन्दा बढीपल्ट हेरिएको छ । कमेन्टमा पनि धेरैले प्रकाशको गीत र भिडियो प्रस्तुतिको तारिफ गरेका छन् । साथै जातीय विभेदविरुद्धको जागरण अभियानलाई मद्दतपुर्‍याउने बताएका छन् ।

गायक प्रकाशले यसअघि दर्शकहरूलाई ‘बोलमाया’, ‘गलबन्दी’ जस्तो सुपरहिट म्युजिक भिडियो दिइसकेका छन् । ‘दमाई महाराज’ को कथालाई उनले गलबन्दीको कथासँग लगेर जोडेका छन् । त्यसैले उनले नयाँ गीतलाई ‘गलबन्दी’ र ‘बोलमाया’ को दोस्रो भाग भनेका छन् । गलबन्दी र बोलमायाको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी थिइन् । बीचमा आएको ‘सकम्बरी’ मा अञ्जली देखिइनन् । तर, दमाई महाराजमा अञ्जलीलाई पनि देख्न सकिन्छ । गलबन्दीमा प्रकाशकी श्रीमती बनेकी उनी अहिले गाउँबाट लखेटिएको छोराको बुढी आमाका रूपमा देखिएकी छन् ।

‘गलबन्दी’ मा मन्दिर छिरेको भनेर गाउँबाट लखेटिएको त्यही केटो १२ वर्षसम्म धर्मशास्त्र पढेर सोही गाउँमा स्कुल र मन्दिर बनाउन ‘दस हजार महात्मा ईश्वर (दमाई) महाराज’  बनेर फर्किन्छ । धार्मिक सप्ताहमा उसैले कथा, पुराण भन्छ, कर्म गर्छ । सबैले उसलाई मान्छन्, उसको चरण छुन्छन् । मन्दिर र स्कुल बनाउन उठेको सहयोग राशि सप्ताह सकिएपछि हस्तान्तरण गर्नेबेला उसले आफ्नो वास्तविकता भन्छ खासमा ऊ त्यही एकल दमिनी आमाको छोरा हो, जो १८ वर्षअघि मन्दिरभित्र पसेको भन्दै गाउँबाट लेखेटिएको थियो । यसपछि उसले जातले धर्म वा मानवतामा कुनै अर्थ नराख्ने तर्क राख्छ । हल हल गीत सुनुन्जेल भजनजस्तो लाग्छ तर त्यो सकिएपछि प्रकाशले म्युजिक भिडियोलाई ट्विस्ट गराएका छन् । ‘कुनै पनि धर्मले जातका आधारमा विभेद गर्दैन, गर्छ भने त्यो धर्म ठीक छैन ।’ उनले यसो भन्दा त्यहाँ उपस्थित सबैले समर्थन जनाउँछन् ।

गीतमा स्वर, शब्द र लय प्रकाशकै छ । स्वरमा प्रकाशसँगै शान्तिश्री परियार पनि सुनिएकी छन् । नयाँ गीतले समाजको विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्ने विश्वास लिएको गायक प्रकाशको भनाइ छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button