मनोरञ्जनसमाचार

आज ब्राजिल र क्रोएसिया मैदानमा उत्रिदै, अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल राति १२ः४५ बजे

Gobal IME Bank

एजेन्सी । फिफा विश्वकप फुटबलमा आजदेखी सेमिफाइनल प्रवेशका लागि खेल हुँदैछ । विश्वकपमा अब ८ देशमात्र (ब्राजिल, क्रोएसिया, नेदरल्यान्ड्स, अर्जेन्टिना, मोरक्को, पोर्चुगल, इंग्ल्याण्ड र फ्रान्स) उपाधिका लागि दौडमा छन् ।

ब्राजिलले अहिलेसम्म ५ उपाधि हात पारिसकेको अवस्था हो भने अर्जेन्टिना र फ्रान्सले २ उपाधि जिति सकेको छ । यता इंग्ल्याण्डले पनि एक उपाधि जितेको अवस्था छ । आज राति नेपाली समयानुसार ब्राजिल र क्रोएसिया राति ८ः४५ बजे मैदानमा सेमिफाइनल प्रवेशका लागि भिड्दैछन् ।

ब्राजिल भर्सेस क्रोएसिया
१७ औं पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको ब्राजिल पाँच पटकको विश्वकप च्याम्पियन हो ।

जबकि क्रोएसिया तेस्रो पटक यो राउण्डमा पुग्न सफल भएको छ । सन् २०१८ को ब्राजिल विश्वकपमा उपविजेता रहेको क्रोएसिया फाइनलमा फ्रान्ससँग ४–० ले पराजित भएको थियो ।

अर्जेन्टिना भर्सेस नेदरल्याण्ड्स – राति १२ः४५ बजे
अर्जेन्टिनाले २ पटक विश्वकप उपाधि जितिसकेको छ । डिएगो म्याराडोनाको कप्तानीमा सन् १९८६ मा च्याम्पियन बनेको अर्जेन्टिनाले सन् १९७८ को विश्वकप उपाधि पनि उचालेको थियो । नेदरल्याण्ड्सले भने योसहित पाँचौं पटक क्वाटरफाइनलमा स्थान मात्र बनाएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button