समाचारसूचना प्रविधि

अब ह्वाट्सएपमा सेभ नभएका नम्बरमा पनि मेसेज र कल गर्न सकिने

Whatsapp Update

Gobal IME Bank

काठमाडौं। ह्वाट्सएपले नयाँ अपडेटमार्फत अब फोन नम्बरमा च्याट गर्न सकिने सुविधा ल्याएको छ । आइतबार सार्वजनिक भएको ह्वाट्सएपको अपडेटसँगै अब कसैसँग च्याट गर्दा नम्बर सेभ गर्न नपर्ने भएको छ ।

यसअघि ह्वाट्सएपमा सेभ नगरिएका नम्बरमा च्यान गर्न मिल्दैनथ्यो । अब फोनमा नम्बर डायल गरी मेसेज पठाए जस्तै ह्वाट्सपमा पनि सिधै नम्बर डायल गरेर च्याट, अडियो तथा भिडिओ कल गर्न सकिन्छ ।

कसरी गर्ने सेभ नगरेको नम्बरमा ह्वाट्सएपमा च्याट ?

सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् ।

त्यसपछि तलपट्टि भएको मेसेजको आइकनमा क्लिक गर्नुहोस्।

र माथि रहेको सर्चको आइकनमा क्लिक गर्नुहोस्।

यति गरेपछि छेउमा भएको किप्याडको आइकनमा थिच्नुहोस् र त्यसपछि सर्च नेम अर फोन नम्बर भनेको सर्चबारमा नम्बर टाइप गरेर मेसेज गर्न सकिन्छ ।

नम्बर टाइप गरेपछि देखिने छेउको च्याटको बटन मार्फत सोझै च्याट, अडियो कल र भिडिओ कल गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button