Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी कार्यालय पेरिसडाँडामा

Sita Dahal

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने माओवादी सचिवालयले जानकारी दिएको छ ।

यसअघि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नर्भिक अस्पताल परिसरमा राखिएको थियो । नर्भिकमा दलका शीर्ष नेताहरु, माओवादी केन्द्रका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरुको ठूलो भीड लागेको थियो ।

स्वर्गीय दाहालको दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टीले जानकारी दिएको छ ।

हृदयघात भएपछि आज बिहान नर्भिकक अस्पताल लगिएकी सीताको उपचारको क्रममा बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो ।

दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ बाट लामो समयदेखि पीडित थिइन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button