मुख्य समाचारसमाचार

रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेले पुनः नेपाली  नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रक्रियाअनुसार लामिछानेले नेपालको नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सांसद पद खारेज गरेको थियो । सांसद पद खारेजीसंगै लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री र रास्वपाको सभापति पद पनि गुमाउनुभएको थियो ।

त्यसैले आज बिहान नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लामिछाने पुग्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button