मुख्य समाचारसमाचार

शपथ ग्रहणको लागि तयारी अवस्थामा रवि लामिछाने, श्रीमती निकिताले दिइन यसरी उत्प्रेरणा

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछाने शपथ ग्रहणको लागि तयारी अवस्थामा हुनुहुन्छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार दिनको १ बजे शपथ गराउनुहुने ज्येष्ठ संसद सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।

यसै अवस्थामा सांसद लामिछानेकी श्रीमती निकिता पौडेल लामिछानेले एक तस्बिर सार्वजनिक गर्दै सांसद लामिछानेलाई प्रेरणाका र उत्साहका शब्दहरुले सम्बोधन गर्नुभएको छ ।

सार्वजनिक गरिएको तस्बिरमा लामिछाने दम्पती हुनुहुन्छ । जहाँ सांसद लामिछाने राष्ट्रिय पोशाकमा हुनुहुन्छ ।

निकिता पौडेल लामिछाने लेख्नुहुन्छ:

‘यो देश र यस देशका नागरिकको सेवामा निरन्तर लागि रहने प्रेरणा मिलिरहोस्, तिमीलाई मेरो निशर्त र निस्वार्थ साथ।’
“Make the whole nation feel proud of you”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button