समाचार

दक्षिणकाली नगरपालिकामा चाइना फाउण्डेसनद्वारा ह्याण्ड वास स्टेसन सञ्चालन

Gobal IME Bank

काठमाडौं। चाइना फाउण्डेसन फर पोभर्टी एलिभिएसन र गुडविल फाउण्डेसनको सहयोगमा दक्षिणकाली नगरपालिकाले कोभिड(१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन ह्याण्ड वास स्टेसन सञ्चालन गरेको छ । शुक्रबार नगरपालिकाका मेयर, उपमेयर विभिन्न वडाका प्रतिनिधि, प्रहरी लगायतको उपस्थितिमा फाउण्डेसनले ह्याण्ड वास स्टेसनको सामग्री हस्तान्तरण गरेको हो । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले नगरपालिकाका लागि यो विपद्को समयमा आउने सानाठूला हरेक सहयोग स्वागतयोग्य रहेको भन्दै यसको संरक्षण र सम्बर्द्धनमा स्थानीय आफै अग्रसर हुनुपर्ने बताउनुभयो । मेयर बस्नेतले भन्नुभयो, “दक्षिणकाली नगरपालिकालाई अप्ठ्यारो अवस्थामा विभिन्न माध्यम मार्फत सहयोग पुर्याउने सबै संघसंस्था प्रति सम्पूर्ण नगरबासी कृतज्ञ छ । हामी सबै मिलेर एक अर्कालाई यो विपद्को समयमा सहयोग पुर्याउने र वर्तमान अवस्थालाई मध्यनजर गर्दै सतर्कता अपनाई कोरोना संक्रमणको सामना गर्न सबैमा आग्रह गर्दछु ।”

दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती डंगोल तामाङले नगरपालिकाभित्र २० स्थानमा ह्याण्ड वास स्टेसन स्थापना गरिने बताउनुभयो । उपमेयर बसन्ती डंगोल तामाङले सहयोग ग्रहण गर्दै भन्नुभयो, “यस नगरपालिकाको लागि यो ह्याण्ड वास स्टेसनको अवधारणा निकै उपयोगी छ । लक डाउनको समय भएपनि विभिन्न पसल,सडक छेउछाउ र सार्वजनिक स्थलहरूमा मानिसहरूको आवतजावत जारी रहने भएकाले कोरोना संक्रमण फैलन नदिन र मानिसहरूमा हात धुने बानीको विकास गर्न यो कार्यक्रमले सहायता पुर्याउँछ ।”

विशेषगरी नगरपालिकामा रहेका अस्पताल, स्वास्थ्य चौकी, मुख्य सडक र सार्वजनिक स्थल लगायत अत्यावश्यक स्थानमा ह्याण्ड वास स्टेसन राखिएको छ । फाउन्डेसनका प्रतिनिधि कवित कुमार नेपालीले फाउण्डेसनबाट नगरपालिका मार्फत स्थानीय तहमा हस्तान्तरण गरिएको ह्याण्ड वास परियोजना यो लक डाउन अवधिमा प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि, चाइना फाउन्डेसनले प्रदेश २ को मिथिला बिहारी नगरपालिका अन्तर्गत धनुषामा ४५ स्थानमा ह्याण्ड वास स्टेसन सञ्चालनमा ल्याइसकेको छ ।

यो पनि पढ्नुहोस् …

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2573″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button