मनोरञ्जनसमाचार

चलचित्र ‘निरमाया’ को गीत ‘रगत सबको रातो हुन्छ’ सार्वजनिक

'Ragat Sabai Ko Raato huncha'

Gobal IME Bank

काठमाडौँ। चलचित्र ‘निरमाया’ को गीत ‘रगत सबको रातो हुन्छ’ सार्वजनिक भएको छ । गीतमा थानेश्वर गौतमको स्वर, पूर्णिका कोइरालाको शब्द र कमल अधिकारीको संगीत रहेको छ ।

मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण गरिएको चलचित्रले ‘परिवर्तन आफैँबाट सुरु गरौँ, समाज स्वतः बदलिनेछ’ सन्देशमा मूल कथा बोकेको छ । छुवाछुतको मुद्दा उठाएको चलचित्रको निर्माण अनन्त प्रसाद तिमल्सिनाले गरेका हुन् ।

रमेश कोइरालाको निर्देशन, महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारि, गोपाल ढकाल, रामबाबु रेग्मी, अनीता केसी आदि कलाकारहरुको अभिनय रहेको छ ।

रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको फिल्म रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेका हुन् । उत्तर राना मगर र तारा थापा किम्भेको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, कमल अधिकारी,रिमेश कुमारको संगीत चलचित्रमा छ । चलचित्र सिन्धुली, काभ्रे र रामेछाप आसपासका स्थानमा छायांकन गरिएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button