मनोरञ्जनसमाचार

रजनीकान्तको ‘जेलर’ले तोड्ला रेकर्ड ?

'Jailer' Movie

NTC

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ले भारती बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । बिहीबार रिलिज भएको फिल्मले भारतमा साढे ४४ करोड भारुको ओपनिङ गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘जेलर’ सन् २०२३ मा फिल्म पठान र आदिपुरुषपछि सबैभन्दा बढी ओपनिङ कमाइ गर्ने तेस्रो फिल्म बनेको छ । फिल्मले तमिलनाडु राज्यमा २३ करोड भारु, कर्नाटकमा ११ करोड, केरलामा पाँच करोड र अन्य राज्यमा १३ करोड कमाइ गरेको छ । ‘जेलर’ यस वर्ष तमिलनाडुमा सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बनेको छ ।

दक्षिण भारतमा रजनीकान्तको क्रेज यति धेरै छ कि उनको फिल्म रिलिज हुने पहिलो दिन चेन्नई, बैंगलोरलगायत सहरमा कर्मचारीहरुलाई बिदा नै दिइएको थियो ।

फिल्मले अग्रिम बुकिङबाटै ३५ करोडभन्दा बढी कमाइसकेको थियो ।

रजनीकान्त र तमन्ना भाटिया अभिनित ‘जेलर’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ।

‘जेलर’ले तोड्न सक्छ पठानको कीर्तिमान ?

‘पठान’ यो वर्ष भारतको सबैभन्दा धेरै बक्स अफिस कलेक्सन गर्ने फिल्म हो। शाहरुख खानको ‘पठान’ले ओपनिङ दिनमा विश्वभर १०६ करोड कमाएको थियो। पठानले भारतमा मात्रै ५३ करोड कमायो। ‘जेलर’ले ‘पठान’को रेकर्डलाई तोड्न सक्ने अनुमान पनि गरिएको छ।

२ वर्षपछि फर्किए रजनीकान्त

‘जेलर’सँगै रजनीकान्त २ वर्षपछि ठूलो पर्दामा फर्कएका छन् । ७२ वर्षीय रजनीकान्त फिल्ममा ३३ वर्षीया तमन्ना भाटियासँग देखिएका छन्। यसबाहेक जेलरमा ज्याकी श्राफ, राम्या कृष्णन, योगी बाबु र विनायक जस्ता चर्चित कलाकार छन्। फिल्ममा मलयालम सुपरस्टार मोहनलाल र कन्नड स्टार शिव राजकुमारको क्यामियो पनि रहेको छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Check Also
Close
Back to top button