मनोरञ्जनमुख्य समाचार

राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा – Good News24

Gobal IME Bank

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद–२०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र आज प्रदान गरिएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले शीतल निवासमा निमन्त्रणापत्र प्रदान गर्नुभएको हो । सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टङ्कलाल घिसिङ र सदस्य दीपेन्द्र विष्ट उपस्थित हुनुहुन्थ्यो ।

पोखरा रङ्गशालामा असोज २८ गते हुने नवौँ राष्ट्रिय खेलकुदको राष्ट्रपति भण्डारीबाट समुद्घाटन हुने कार्यक्रमअनुसार निमन्त्रणा गरिएको हो । त्यसअवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुदका विषयमा हालसम्म भएका कार्य प्रगतिका बारेमा पनि जानकारी गराइएको थियो ।

नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीको बीमा

राखेप नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी नौ हजार जनाको बीमा गरिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बीमा कम्पनीबीच आज सम्झौता भएको छ । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शङ्कर अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

बीमित खेलाडीको सङ्ख्या छ हजार रहेको छ भने बाँकी तीन हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जानकारी दिनुभयो । बीमाको अवधि एक महिना रहेको छ । प्रत्येकको रु १० लाख बराबरको बीमा गरिएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button