समाचार

रातो मच्छिन्द्रनाथ रथ यात्राको साइत भदौ २९ गतेका लागि जुर्‍यो-GoodNews24

Gobal IME Bank

रातो मच्छिन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ। सोमबार पाटन मंगलबजार स्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरू बीच भएको छलफलपछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको हो।

ज्योतिस कृति किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा रथबाट मच्छिन्द्रनाथको मूर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको बताउनु भएको छ।

यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मूर्तिलाई बुङ्मती पुर्‍याएको चार दिनमा विशेष पूजा आजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उहाँले बताउनु भयो।

वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथ यात्रा यस वर्ष कोभिड- १९ महामारीका कारण रोकिएको थियो।  स्थानीय ज्यापु समाजले शुक्रबार क्षमा पूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटीसम्म पुर्‍याएका थिए।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button