समाचार

मिडिया विधेयक छलफलका लागि समितिमा – Good News 24

Gobal IME Bank

काठमाडौँ । नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुअघि सांसद प्रेम सुवालले बैठकको गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक सङ्ख्या यकिन गर्न निर्देशन गर्नुभएको थियो । गणपुरक सङ्ख्या पुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते शनिबार दिउँसो १ बजे बस्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button