अन्यसूचना प्रविधि

फेसबुकमा शेयर गर्न नहुने १० कुराहरु पढ्नुहोस् – GoodNews24

Gobal IME Bank

सामाजिक सञ्जाल साइटहरु एक लत जस्तै बनिसकेका छन् । पहिले हामीसँग एउटा मात्र विकल्प थियो -फेसबुक, जहाँ हामीले आफ्नो जीवनको केहि घण्टा कहिल्यै नचिनेका र कहिले पनि नभेटेका व्यक्तिहरु संग कुरा गरेर बर्बाद गर्दै आएका थियौं ।
समय बित्दै जाँदा, हामीसँग हाम्रो बहुमूल्य समय बर्बाद गर्नको लागि अन्य धेरै सोसल साइटहरू जस्तै टि्वटर, फेसबुक, स्नापच्याट तथा इन्स्टाग्राम आए अव त हामी कामलाई भन्दा पनि बढी महत्व सोसल मिडियालाई दिन थालिसक्यौ ।

सोसल मिडियाहरु हामीले वास्तविक जीवनमा चिनेका व्यक्तिहरु जति टाढा भए पनि सम्पर्कमा रहुन, उनीहरुको गतिविधि नियाल्ने अवसर मिलोस , सम्बन्ध प्रगाढ बनिरहोस भन्नको लागि बनाइएको थियो तर आजकल यी सोसल मिडियाहरुको बढि दुरुपयोग हुदै आएको छ ।चिनेका व्यक्तिहरुसंग भन्दा पनि अपरिचित व्यक्तिसंग जोडिनको लागि सामाजिक नेटवर्किङ्ग साइटहरुको प्रयोग हुन थालेको छ जसले गर्दा निकै विकृति पनि फैलिएको छ। अपरिचित व्यक्तिसंग जोडिनु, सम्पर्क हुनु नराम्रो नै त होइन यदि तपाइले सहि व्यक्ति चिन्न सक्नु भयो भने यो एकदम राम्रो पनि हुन सक्छ तर जो भेट्यो उही व्यक्तिसंग नजिक हुनुले फाइदा पक्कै गर्दैन र यो समयको बर्बादी मात्र हो ।  हामी सामाजिक मिडियामा शेयर गर्न नहुने कुराहरुको बारे चर्चा गर्ने छौ ।

– व्यक्तिगत कुराकानीको स्क्रिन शट कहिल्यै शेयर नगर्नुहोस ।
तपाइको व्यक्तिगत कुरा सामाजिक नेटवर्किङ्ग साइटहरुमा शेयर गर्नुको कुनै अर्थ छैन किनकि यो बिषय उनीहरुको चासोको बिषय होइन न त यसबाट उनीहरुलाई केहि फाइदा नै हुन्छ । तपाइको व्यक्तिगत कुराले सामाजिक सञ्जालमा दुइ चार लाइक र कमेन्ट त पाउला केहि हद सम्म मनोरन्जनको बिषय पनि बन्ला तर यसले तपाइँलाइ नै बेफाइदा हुन्छ । तपाइको व्यक्तिगत जानकारी कसैले कुनै पनि बेला दुरुपयोग गर्न सक्छ ।

– घरको ठेगाना अनि फोन नम्बर ।
तपाइको कुनै पनि सामाजिक संजालमा तपाइले विश्वास गर्न सक्ने खालका मात्र व्यक्ति छन् भन्ने पक्का नभएसम्म आफ्नो घरको ठेगाना र फोन नम्बर दिने नगर्नुहोस यदि यसो गर्नु भएमा कुनै पनि अपरिचित व्यक्ति तपाइको घरसम्म आएर जघन्य अपराध गर्न सक्दैनन् भन्न सकिदैन किनकि हामी कहिल्यै यो अनुमान लगाउन सक्दैनौ कि को व्यक्तिको मनमा हाम्रो लागि कस्तो बिचार राखिरहेको हुन्छ । त्यसैले यी कुरामा बिशेष ध्यान दिनु जरुरि छ ।

– location शेयर नगर्नुहोस ।
यदि हामी कुनै पार्टि या बिशेष सेलिब्रेसनमा छौ वा घुम्न गएका छौ भने सामाजिक संजालबाट लाइभ लोकेसन शेयर गर्ने हाम्रो बानी छ । यस कुराम विशेष रुपमा महिलाले ध्यान दिनु पर्ने हुन्छ ,आजकल सामाजिक संजालमा प्रेम सम्बन्धहरु निकै बन्छन कुनै सुन्दरी महिलालाई एकोहोरो प्रेम गर्ने र उनको लागि जुन सुकै कदम उठाउन पनि पछि नपर्ने पागल प्रेमी पनि संजालामै भेटिन्छन । उनीहरुले कुनै पनि बेला तपाइँसम्म पुग्ने तरिका खोजिरहेका हुन सक्छन । त्यसैले होसियार ,आफु कहाँ छु को संग छु भन्ने कुराको जानकारी अपराधिक मानसिकता भएका व्यक्तिसम्म पुग्न बाट जोगिनुहोस ।

– खुला निमन्त्रणा  बन्द गर्नुहोस ।
जस्तो कि Who wants to go to a movie with me? (को को म संग मुभी हेर्न जान चाहनुहुन्छ ?) यस्तो पोस्ट सहित तपाइको सोसल मिडियामा जोडिनु भएका राम्रा नराम्रा व्यक्तिलाई आफुसंग आउनको लागि कहिल्यै निमन्त्रणा नगर्नुहोस ।हरेक व्यक्तिले तपाइको हित चाहन्छन भन्ने हुदैन हुन सक्छ कोहि तपाइलाइ निगरानीमा राखिरहेको छ ,कोहि तपाईलाई हानि पुर्याउने मौका खोजि रहेको छ त्यसैले सामाजिक संजालबाट खुला निम्तो दिन आजै बाट बन्द गर्नुहोस ।

– आर्थिक अवस्थाको बारे जानकारी ।
तपाइँ करोड पति हुनुहुन्छ या त सामान्य वर्गको व्यक्ति यो सबलाई जानकारी दिइ राख्नु जरुरी छैन तपाइको गरिवी अरु कसैको लागि फाइदा बन्न सक्छ र तपाई करोडपति हुनु पनि कसैको लागि अपराध गर्ने अवसर बन्न सक्छ । कोहि व्यक्तिहरु सामाजिक संजालमा आफ्नो हरेक दैनिकी निर्धक्क शेयर गर्छन । उनीहरु आफुसंग भएका कुराहरु देखाउन चाहन्छन र यसो गर्दा आफ्नो शान मान बढ्ने र आफु ठुलो भएको समेत महशुस गर्छन तर यस्तो बिल्कुल हुदैन । यसरी सामाजिक संजालमा आर्थिक अवस्थाको बारे जानकारी शेयर गर्नु तपाइको घरमा भएको धनको चोरी हुन सक्ने सम्भावनालाई बढुवा दिनु मात्र हो ।  त्यसैले आज मैले तलव पाएको छु, मेरो घरमा यति सुनका गहना छन् जस्ता खालको कुराहरु कहिल्यै शेयर नगर्नुहोस ।

– कुनै विवादास्पद कुरा पोस्ट नगर्नुहोस ।
कुनै व्यक्तिको या आफ्नै पनि विवादास्पद कुरा शेयर नगर्नुहोस । इन्टरनेटको दुनियाँ निकै ठुलो छ। तपाइले एकचोटी शेयर गरेको कुरा आफ्नो सोसल मिडियाबाट हटाए पनि इन्टरनेटबाट कहिल्यै डिलिट हुदैन । यदि तपाइले अन्जानमा यस्तो भुल गर्नु भयो भने पनि जवसम्म तपाइले भुल भएछ भन्ने कुराको महसुस गर्नुहुन्छ तवसम्म त्यो कुराले निकै ठुलो रुप लिइ सकेको हुन्छ यस्तै धेरै साइटमा त्यो कुराले स्थान पाइसकेको हुन्छ त्यसपछि पछुताउनु वाहेक कुनै विकल्प रहदैन ।

-धेरै सेल्फी फोटोहरु शेयर नगर्नुहोस ।
सामाजिक संजाल साथी या नातेदारहरु संग सम्पर्कमा रहन सुख दुख शेयर गर्न र उनीहरु को जीवनमा के भइरहेको छ भन्ने बारे थाहा पाउनको लागि हो । एउटै खालका सेल्फी फोटोहरुले तपाइका साथी या फलोवर हरुलाई दिक्क बनाउन सक्छ किनकि कोहि पनि तपाइको उही अनुहार उही फोटो बारम्बार हेर्न मन पराउदैनन र यो बानीले तपाइलाइ कुनै पनि व्यक्तिको रिसको कारण बनाउन सक्छ र जहाँ मित्र बन्ने गर्छन त्यहाँ शत्रुको जन्म हुन सक्छ । यदि यस्तो वानी छ तपाइको भने आजै सुधार्नुहोस ।

– घरमा एक्लै भएको कुरा शेयर नगर्नुहोस ।
तपाई घरमा एक्लै भएको कुरालाई कहिले पनि शेयर नगर्नुहोला । विशेषगरि अभिभावकहरुले यो कुराको ध्यान दिनुपर्ने हुन्छ ता कि आफ्ना बच्चाहरुले यस्तो कुराहरु कहिले पनि फेसबुकमा पोष्ट नगरुन् । यस्तो अवस्थामाल तपाईं कोहि पनि अपरिचितलाई आफ्नो बारेमा जानकारी दिँदैहुनुहुन्छ जसको फाइदा उनीहरुले तपाईबाट उठाउन सक्छन् ।

– जथाभावी शुभकामना संदेश  नपठाउनुहोस ।
कसैको ख्याल राख्नुहुन्छ भने कुनै बिशेष दिनको शुभकामनाको लागि बरु थोरै समय निकालेर भेट्नुहोस सद्भाव व्यक्त गर्नुहोस तर जो तपाइको मित्र सूचीमै छैन उसको जन्म दिन या अन्य कुनै कुराको शुभकामना दिनुको कुनै औचित्य छैन यसले तपाइको फाल्तु वानी वाहेक अरु केहि कुरा दर्शाउँदैन त्यसैले सामाजिक संजालमा प्रोफेसनल बन्नुहोस ।

-सम्बन्धको स्थितिलाई गोप्य राख्नुहोस्
फेसबुकमा सम्बन्धको स्थितिलाई मानिसहरु निकै सजिलो तरिकाले शेयर गर्ने गर्दछन् । तर यदि तपाई सम्बन्धमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा फेसबुकमा शेयर गर्ने कुरा होइन । यसबाट तपाईमाथि याद गरिरहेका मानिसहरुले तपाई कहिले एक्लो हुनुहुन्छ र सम्बन्धमा हुनुहुन्छ भन्ने कुरा सजिलै थाहा पाउँछन् । यो जानकारी तपाईको लागि समस्याको जड हुनसक्छ ।

यी कुराहरूलाइ ध्यानमा राखेर सामाजिक संञ्जालको प्रयोग गरेमा  भविष्यमा आइपर्ने घटनालाई न्यूनिकरण गर्न सकिन्छ ।

गुड न्यूज 24 
www.gudnews24.com
GoodNews Media

 

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button