समाचार

महाबु सडकखण्ड स्तरोन्नतिका लागि रु ८ करोड-GoodNews24

Gobal IME Bank

सदरमुकाम महावु–कालिकोट–जुम्ला–मुगु–डोल्पा हुँदै चीनको नाम्चेनाग्ला जोड्ने त्रिदेशीय महत्व बोकेको महावु सडक खण्डको कालोपत्रेका लागि रु ८ करोड बढीको ठेक्का आह्वान गरिएको छ । सङ्घ सरकारको सडक डिभिजन कार्यालय सुर्खेत मार्फत निर्माणका लागि ठेक्का खोलिएको हो । सदरमुकाम आसपास हुँदै महावु खण्डको स्तरोउन्नतिका लागि पहिलो चरणको ठेक्का खुलाइएको सुर्खेत सडक डिभिजन कार्यालयका सूचना अधिकारी देवेन्द्र भट्टराईले जानकारी दिनुभयो । त्रिदेशीय सडक अन्तर्गत निर्माणका लागि गत वर्ष प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकास कोषको रु ६ करोडबाट कालोपत्रे शुरु गर्नुभएको थियो ।

गत वर्ष निर्माण व्यवसायीले काम नसकेपछि जिम्मेवारी लिएका निर्माण कम्पनीलाई नै काम पूरा गर्न ६ महिनाको म्याद दिने र सोही अवधिमा सम्पन्न भए मात्र भुक्तानी दिने गरी अर्थ मन्त्रालयमा प्रक्रिया थालनी गरिएको प्रतिनिधिसभा सदस्य शर्माले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय सुर्खेतअन्तर्गत तल्लोडुगेश्वर, दुल्लु, भैरवीको बेहुली लेक हुँदै कालिकोटको भर्ता लेक भएर कर्णाली राजमार्ग जोड्ने सडकको काम पनि गत वर्षदेखि धमाधम शुरु भएको छ । ट्रयाक खोल्न बाँकी रहेको मुख्य सडक खण्डमध्ये प्रदेशसभा सदस्य राजबहादुर बुढाको सहयोगमा डाँडीमाँडी कुसापानी सडकका लागि रु १ करोड, गाबुगौँडाबाट पानीपोखरा खण्डमा रु १ करोड र बेहुलीबाट कालिकोटको सिमानासम्म जोड्नका लागि रु एक करोड गरेर रु तीन करोड उक्त सडकमा खर्च गरिएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिनुभयो ।

दैलेख र कालिकोटको सिमाना जोड्नका लागि बेहुलीको लेक र भर्ता लेक जोड्न यस वर्ष रु ३५ लाखको काम सम्पन्न गर्न सडक डिभिजन कार्यालय सुर्खेतले टेण्डर आह्वान गरेको अध्यक्ष बुढाले जानकारी दिनुभयो । दैलेख सदरमुकामको महावु हुँदै कालिकोट र भैरवीको कुसापानी दुवै सडक निकै महत्वका भएको र परम्परागत रुपमा मानिस ओहोरदोहोर गर्ने छोटो दूरीको भएकाले यस क्षेत्रका जनताको आर्थिक अवस्थामा सुधार ल्याउने स्थानीयबासीको भनाइ छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button