Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

पोम्पेईस्थित पुरातात्त्विक उद्यान उत्खननमा फेला परे नागका प्रतिमा र अरू रोचक वस्तुहरु

Pompei 'Ancient Roman City'

पोम्पेईस्थित पुरातात्त्विक उद्यानमा हालै उत्खनन गर्दा नागका आकृतिहरू भएको पूजाकोठा, एउटा बेकरी, केही नरकङ्काल, आकर्षक भित्तेचित्रहरू अनि पिज्जाजस्तै देखिने एउटा चित्र जस्ता वस्तुहरू फेला परेका सामग्रीको सूचीमा छन्।

सन् ७९ मा भेसूभिअस पर्वतस्थित ज्वालामुखी विस्फोटन हुँदा ध्वस्त भएको यो प्राचीन नगरमा जहाँ खने पनि यस्तै किसिमको खजाना भेटिन्छ। यी प्राचीनवस्तुहरु रोमन सभ्यताका अवशेषहरू हुन्।

ज्वालामुखीको खरानी र लाभाबाट बनेको पमिस पत्थरमुनि पुरिएको यो नगरको एकतिहाइ भाग अझै उत्खनन गर्न बाँकी नै छ । यो सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ।

अहिले उत्खनन गर्न थालिएको नयाँ क्षेत्र उक्त उद्यानमा यसअघि १९औँ शताब्दीको अन्त्यतिर खोज गरिएको भेगमा पर्छ।

त्यतिबेला पुरातत्त्वविद्हरूले पोम्पेई नगरस्थित मुख्य गल्लीमध्येको ुभिया डी नोलाु का घरका अग्रभागहरू उत्खनन गरिरहेका थिए। तर उत्खनन् त्योभन्दा धेरै हुन सकेन।

उनीहरूले त्यतिखेर त्यहाँ रहेको एउटा लुगा धुने ठाउँ पहिचान गरेका थिए।
अहिले गेडाजत्रा लापिली भन्ने ढुङ्गाहरू पन्छाउन थालिएका छन्।

भेसूभिअस विस्फोटनका दुई विनाशकारी दिनमा पोम्पेई यिनै खरानी तथा लापिलीले पुरिएको थियो।

उत्खनन भइरहेको क्षेत्र नगरको एउटा ब्लकजत्रो छ। त्यसलाई इन्सुला भनिन्छ र ती झन्डै ३,००० वर्गमिटर आकारका छन्।

इन्सुलामा थप सामग्री देखा पर्दै गर्दा भवनको उक्त भग्नावशेषलाई एउटा सुरक्षित छानो बनाएर जोगाउनका लागि वरपर मचान बनाइएको छ।

पर्यटकहरूले यी पुरातात्त्विक वस्तुहरू सजिलै अवलोकन गर्न सकून् भनेर उद्यानले भविष्यमा त्यहाँ केही अग्लो स्थानमा पदमार्ग बनाउने विचार गरेको छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button