मुख्य समाचारशिक्षा स्वास्थसमाचार

साझा प्रकाशनको वृहत पुस्तक प्रदर्शनी, १६ लाख रुपैयाँ भन्दा बढीको आम्दानी

Gobal IME Bank

काठमाडौं । साझा प्रकाशनले गत पुस १७ गतेदेखि गरेको वृहत पुस्तक प्रदर्शनीबाट १६ लाख ३४ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । साझा प्रकाशनले पुस १७ गतेदेखि साझा प्रकाशनको केन्द्रिय कार्यालय पुल्चोक र देशभरका साझा बिक्री कक्षहरुमा वृहत पुस्तक प्रदर्शनी गरिरहेको छ ।

साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले प्रदर्शनीबाट २७ गते (हिजो) सम्ममा १६ लाख ३४ हजार ५८० रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । हालसम्म प्रदर्शनीमा करिव १ हजार जनाभन्दा बढी मानिसहरुले अवलोकन गर्नुभएको उहाँले बताउनु भयो । उहाँले प्रदर्शनीबाट मुख्यगरी इतिहासका पुस्तकहरु धेरै बिक्री भइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले इतिहासका पुस्तकहरु धेरै गइराखेका छन् । हामीले पहिले इतिहासका पुस्तकहरु छापेर राख्नुपथ्र्यो धेरै वर्षसम्म बिक्री भएनन् । यि बिक्री नहुने नै पो हुन् कि भन्ने लाग्थ्यो हामीलाई । तर अहिले इतिहासका पुस्तक मान्छेले खोजेर, रोजेर लिएर गइराख्नुभएको छ ।’

प्रदर्शनीमा आफ्नो रुची अनुसारका पुस्तकहरु खोज्दै दैनिकहरुमा मानिसहरु आइरहेका उहाँको भनाई छ । पुस्तक प्रदर्शनीमा पुस्तक लिन पुग्नुभएकी पूर्णिमा गिरी आफूले हाल पुराना लेखकहरुको पुस्तक पढीरहेको र सोही अनुरुपका पुस्तकहरु लिनका लागि प्रदर्शनीमा आएको बताउहुन्छ । उहाँले डिजिटल प्रविधिका कारण युवा पुस्ताहरुमा पठन संस्कृति कम हुँदै गएको सुनिएपनि भित्रि मनदेखि नै पढ्नुपर्छ भन्ने भावना बोकेकाहरुले पुस्तक पढ्ने गरेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो – ‘म पढ्नुपर्दछ भन्ने विचार राख्दछु । त्यसैले कितावहरु लिन आउँछु । पुरानो लेखकहरुको किताव पढीरहेको छु । उहाँहरुको कितावलाई प्राथमिकतामा राख्छु । जो मानिसहरुलाई भित्र मनदेखि पढ्नुपर्छ भन्ने लाग्छ उनीहरुले पढ्न छोडेको छैन । त्यो संख्या थोरै होला तरपनि पढ्नेहरुले पढिरहेकै छन् ।’

त्यस्तै पुस्तक प्रदर्शनीमा पुस्तक खरिदका लागि पुग्नुभएका सीताराम बडालले आफू प्रदर्शनीमा उपलब्ध भएका कितावहरुको आधारमा खरिद गर्ने पुस्तक छनौट गर्ने बताउनु भयो । आफ्नो ज्ञानको क्षमता बढाउनका लागि पाठ्यक्रमभन्दा बाहिरका पुस्तकहरु पनि पढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘अहिलेको पुस्ता हरेक कुरामा तत्काल रिजेल्ट खोज्ने भएकाले आफ्नो पाठ्यक्रम बाहिरका किताव उहाँहरुले पढ्न रुचाउनुहुन्न । जति अध्ययन गर्छौं त्यति हाम्रो ज्ञानको क्षमता बढ्ने हो । हामीले हाम्रो देशको कला, संस्कृति, साहित्य, इतिहास, सबै जातजातिको बारेमा ज्ञान लिनुपर्छ ।’

उहाँले देशको कला , सस्कृति, साहित्य र इतिहासको बारेमा ज्ञान लिनु आवश्यक रहेको बताउनु भयो । साझा प्रकाशनले गरेको पुस्तक प्रदर्शनी केन्द्रिय कार्यालय पुल्चोक र प्रदर्शनीमार्गसँगै धरान, बिर्तामोड, विराटनगर, जनकपुर, राजविराज, त्रिशुली, भरतपुर, पोखरा, बुटवल, दाङ र धनगढीका साझा प्रकाशनका बिक्री कक्षहरुमा पनि चलिरहेको छ । पुस्तक प्रदर्शनी पुस ३० गतेसम्म चल्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button