मुख्य समाचारसमाचार

पहिलो पटक संसदमा रवि लामिछानेको सम्बोधन- ‘घण्टीको आवाजलाई सदन र सिंगो देशले सुन्नेछ’

Gobal IME Bank

काठमाडौं । पहिलो पटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूलाई जनताले परिवर्तनको लागि मत दिएको बताउनुभएको छ ।

उहाँले , ‘नेपालको इतिहासमा राजनीतिक दलको उदय हुनु ठुलो कुरा होइन। हामीले जुन समयमा मत पाएका छौँ। त्यो दल र व्यक्तिलाई दिएको मत मात्रै होइन। यो मुलुकमा परिवर्तन आवश्यक छ भनेर जनताले बजाएको घण्टी हो। यो घण्टीको आवाजलाई सदन र सिंगो देशले सुन्नेछ।’ भन्नुभयो ।

त्यस्तै बोल्दै उहाँले आफूहरूले पाएको मत निराशाको नभएर आशाको मत भएको पनि जिकिर गर्नुभयो । गत मंसिर ४ मा भएको चुनावबाट आएका नयाँ प्रतिनिधि सभा सदस्यहरू आज पहिलो बैठकमा सहभागी हुनुहुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button