मुख्य समाचारसमाचार

सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउन थाले नयाँ राजनीतिक दल

Gobal IME Bank

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ । सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क गरेका हुन् । आइतबार ती राजनीतिक दलले संसदीय प्रक्रियाका बारेमा जानकारी लिएका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि आएर संसदीय प्रक्रिया र आफूहरु रहने कार्यालयका बारेमा जानकारी लिएका हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि ती दलले आइबार सम्पर्क गरेका थिए् । उक्त निर्वाचनमा नेपाली कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ । प्रत्यक्षमा कूल ५७ स्थानमा विजयी भएको उक्त दलले समानुपातिक निर्वाचन प्रणालीमा ३२ सिट पाएको छ । यस आधारमा कांग्रेस ८९ सिटसहित पहिलो बनेको हो ।

प्रत्यक्षमा ४४ स्थानमा विजयी भएको नेकपा (एमाले) ले समानुपातिकमा ३४ स्थान पाएको छ । यस आधारमा सो दलको कूल सिट सङ्ख्या ७८ भएको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्षतर्फ १८ स्थानमा विजयी भएकामा समानुपातिकतर्फ १४ गरी कूल ३२ सिट पाएको छ ।

पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको राष्ट्रिय वतन्त्र पार्टी प्रत्यक्षतर्फ सात स्थान र समानुपातिकतर्फ १३ सिट गरी कूल २० स्थानसहित चौथो स्थानमा रहेको छ । नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षतर्फ कूल १० स्थानमा जित निकाले पनि समानुपातिकतर्फ निर्धारित मत सीमा पूरा गर्न नसक्दा कुनै पनि स्थान पाएन । कानुनअनुसार कूल सदर मतको तीन प्रतिशत बराबरको मत सीमा पूरा नगर्दा सो दलले समानुपातिकतर्फ कुनै पनि सिट नपाएको हो।

राप्रपाले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ सात गरी कूल १४ सिट पाएको छ । जनता समाजवादी पार्टीले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ पाँच गरी कूल १२ सिट पाएको छ । संसद्मा पहिलो पटक प्रवेश गर्न लागेको जनमत पार्टीले प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ पाँच गरी कूल छ सिट प्राप्त गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले चार स्थानमा आफूलाई सुरक्षित गरेको छ । नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समान एक÷एक स्थानमा जित निकालेका थिए । यस आधारमा १२ राजनीतिक दलको संसद्मा प्रतिनिधित्व रहने भएको छ । त्यस्तै पाँच स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

निर्वाचन आयोगले कूल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन परिणाम समेटिएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गत मङ्सिर २९ गते नै बुझाइसकेको छ । यस्तै यही पुस ३ गते आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विजयी भएका सांसदलाई प्रमाणपत्र वितरण गरेको थियो ।

राष्ट्रपतिबाट सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आइतबार नै आह्वान भएकामा सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारीसमेत थालेको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व जनाएका नयाँ राजनीतिक दललाई ‘हेल्लो सरकार’ रहेको स्थानमा कार्यालय उपलब्ध गराउने तयारी गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button