शिक्षा स्वास्थसमाचार

स्किजोफ्रनिया के हो ? यस्ता छन् मिथक र तथ्यहरु…

Gobal IME Bank

एजेन्सी । स्किजोफ्रेनिया एक किसिमको मानसिक रोग हो जसको बारेमा शताब्दी अगाडी नै पत्ता लगाईएको थियो । रोगको बारेमा पत्ता लागे पनि यसको उपचार भने पत्ता लागेको छैन । यो एक किसिमको मानसिक डिसअर्डर हो र यो रोगको शिकार सयमा एक प्रतिशत मानिसहरु हुने गर्छन् । स्किजोफ्रेनियाको लक्षण सक्रिय हुँदा डिल्युजन, हेलिज्यूनेसन हुने अतार्किक कुरा गर्ने वा कुरा गर्दा विषय बदलिरहने, सोच्न कठिनाई हुने र केही गर्न मन नलाग्ने आदि हुने गर्छ । यसको अर्थ व्यक्तिले वास्तविकतासँग सम्बन्ध गुमाउने गर्छ ।

यो गम्भीर किसिमको बिमारी हो जसको उपचार र बिरामीहरु माथि तुरुन्त ध्यान दिन आवश्यक हुन्छ । यसले व्यक्तिको व्यवहार, सोच्ने र महसुस गर्ने क्षमतामा प्रभाव पार्छ । स्किजोफ्रेनियाको बारेमा धेरै मानिसहरुलाई थाहा छ्रैन भने यसका बिरामीहरुलाई नेपालमा त झन् धामी झाँक्रीकोमा लग्ने चलन छ जसको कारण बिरामीको अवस्था अझ गम्भीर हुन पुग्छ । स्किजोफ्रेनियाको बारेमा धेरै मिथकहरु पनि जोडिएको छ ।

मिथक र तथ्यहरु

मिथकः स्किजोफ्रेनिया भने पछि मानिसहरुमा यो मानसिक रोग भएको व्यक्तिमा एक भन्दा बढी व्यक्तित्व (Multiple Personality Disorder)  हुन्छ भन्ने मिथक रहेको छ ।

तथ्यः स्किजोफ्रेनिया कुनै प्रकारको व्यक्तित्व विकार होइन । यो मनोरोगको पीडितहरुको वास्तविकता सँग सम्बन्ध टुट्ने गर्छ । उनीहरुमा मतिभ्रम र भ्रमको लक्षण देखा पर्छ र यी लक्षणहरु व्यक्तित्व विकार सँग जोडिएको लक्षण होइन ।

मिथकः स्किजोफ्रेनियाका पिडितहरु हिंस्रक हुन्छन् । उनीहरु आफ्नो साथै अरुलाई पनि हानी पुर्याउन सक्छन् ।

तथ्यः यो कुरा साँचो होइन । कहिलेकाँही पीडितले भ्रम वा मतिभ्रमको कारण हिंसात्मक व्यवहार देखाउन सक्छन् तर यसलाई कुनै पनि हिंसाको श्रेणीमा राख्न मिल्दैन किनभने प्राय समय उनीहरुले गरेको व्यवहार अप्रत्यासित हुने गर्छ । कुनै व्यवहार उनीहरुको बिमारीको हिस्सा हो । कतिपय समय नकारात्मक लक्षण भए पनि रोगीहरु कम प्रतिक्रीयाशील हुने गर्छन् ।

मिथकः स्किजोफ्रेनिया खराब प्यारेन्टिगंको कारण हुने गर्छ ।

तथ्यः स्किजोफ्रेनिया विभिन्न कारणले हुने गर्छ । यो बिमारी जीन, मस्तिष्कमा रसायनिक असन्तुलन वा मानसिक आघातको कारण व्यक्तिमा विकसित हुन्छ ।

मिथकः यदि आमा बुवालाई स्किजोफ्रेनिया छ भने बच्चामा पनि हुन सक्ने सम्भावना हुन्छ ।

तथ्यः स्किजोफ्रेनियामा जीनले महत्वपुर्ण भुमिका निभाउँछ । यदि आमा बुवा मध्ये एक जनालाई यो रोग लागेको छ भने बच्चामा पनि यो बिमारी हुन्छ भन्ने जरुरी छैन यसको जोखिम लगभग १० प्रतिशत मात्र हुन्छ । तर यदि परिवारमा धेरै सदस्य यो रोगबाट पिडित छन् भने यो रोग लाग्ने खतरा बढ्छ ।

मिथकः स्किजोफ्रेनियाको रोगीहरुको आइ क्यू कम हुन्छ ।

तथ्य: एक अनुसन्धानबाट पत्ता लागेको छ कि स्किजोफ्रेनियाको रोगीहरुमा यो रोगको कारण केही मानसिक कार्य जस्तै स्मरण गर्न सक्ने क्षमता वा ध्यान दिन सक्ने क्षमता आदिमा कठिनाई हुने गर्छ । तर यसको मतलब उनीहरुमा आइ क्यू कम हुन्छ भन्ने कुरा सत्य होइन । धेरै प्रसिद्ध रचनात्मक व्यक्तित्वहरु पनि स्किजोफ्रेनियाको रोगी भएको र त्यसको सामना कसरी गरेको भनेर बताएका पनि पनि छन् ।

मिथकः हरेक स्किजोफ्रेनियाको रोगीहरुलाई मानसिक अस्पतालमा राख्नु पर्छ ।

तथ्यः मानसिक बिमारीको बारेमा धेरै अनुसन्धान र जानकारीका साथ विशेषज्ञहरुका अनुसार यो रोगको पीडितलाई अस्पतालमा भर्ती गर्नु पर्दैन तर बिमारी भएको व्यक्तिमा लक्षण के कस्ता छन् र कति गम्भीर छ भनेर जाँच गर्नको लागि भने केहि दिन राख्नु पर्छ ।

मिथकः स्किजोफ्रेनिया भएका व्यक्तिहरु कहिले पनि पुन निर्मित चक्रमा पुग्न सक्दैनन् ।

तथ्यः स्किजोफ्रेनिया उपचार योग्य हुन्छ तर विभिन्न कारणको आधारमा यसमा समय लाग्न सक्छ तर यसको मतलब यो रोग ठिक नहुने होइन । चिकित्सकको मद्धतले यो रोगको लक्षणमा सुधार आउछ । यो रोगका कतिपय पिडितहरु उचित उपचार पाइ पुनः उत्पादक जीवन बाँच्न सक्षम भएका छन् ।

यस्तो किसिमको मानसिक रोगको बारेमा हाम्रो समाजमा खुलेर चर्चा गरिदैन अथवा लज्जित हुनु पर्ने वा कलंक लाग्ने डरको कारण प्राय मानिसहरु यस्तो कुरा लुकाउने गर्छन् । मानसिक रोग प्रति नेपाली समाजको दृष्टिकोण राम्रो छैन त्यसैले मानसिक स्वास्थ्य र रोगको बारेमा जागरुकता ल्याउन जरुरी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button