अन्यसमाचार

श्रावणमा रुद्राभिषेक गर्नुको कारण

Lord Shiva

Gobal IME Bank

काठमाडौँ। श्रावण शिवजीको प्रिय महिना हो । त्यसैले यो महिनामा गरिएको कार्य पूर्णतः फलदायी हुने भक्तजनहरुमा विश्वास रहेको छ । त्यसैले अभीष्ट सिद्धिका निम्ति शिव भगवानको उपासना स्वरूप रुद्राभिषेक गर्ने गरिन्छ । महादेवको उपासना गर्ने तीन मुख्य विधि छन् ।

पहिलो अभिषेकात्मक
अभिषेकात्मक अन्तर्गत् शिव भगवानको प्रतिमा राखी पञ्चमृताभिषेक जलाभिषेक गर्ने गरिन्छ ।

दोश्रो जपात्मक
जपात्मक अन्तर्गत शिव भगवानको मन्त्र जपद्वारा उपासना गर्ने गरिन्छ ।

तेश्रो हवनात्मक
हवनात्मकमा मन्त्रोच्चारणपूर्वक अर्थात मन्त्र उच्चारण गरि हवन गर्ने गरिन्छ । यी तीन यज्ञमध्येको एक अभिषेकात्मक यज्ञ नै रुद्राभिषेक हो । रुद्राभिषेकमा गाईको दूध, दही, घिउ, मह, चिनी वा सख्खर मिश्रित पञ्चामृतको प्रयोग गरिन्छ । नीलकण्ठ भगवानले कालकूट विषलाई कण्ठप्रदेशमा धारण गर्नुभएको छ । जसले उत्पन्न गर्ने तापलाई अभिषेकले शमन गर्छ । जसबाट भगवान् प्रसन्न भई वरदान दिनुहुन्छ भन्ने विश्वास गरिन्छ ।

अभीष्ट सिद्धिका निम्ति भगवान्को उपासना गर्ने एक सरल विधि रुद्राभिषेक हो । श्रावणमा गरिएको रुद्राभिषेक महादेवलाई प्रीतिदायी र आफ्नो अभीष्ट सिद्धिदायी रहने भएकाले पनि श्रावणमा रुद्राभिषेक विशेषरूपमा गरिएको हो । यसैगरी शिव भगवानले कण्ठप्रदेशमा कालकूट विष धारण गर्नुभएको छ । जसले अत्यन्त ताप उत्पन्न हुन्छ । सोही तापबाट शान्तिका निम्ति देवगणले जलवर्ष गरेको समय श्रावण रहेकाले पनि यो महिना रुद्राभिषेक शिव भगवानको लागि प्रिय रहने गर्दछ ।

हरेक कार्य गर्ने विशेष दिन र समय हुने गर्दछ । शिव उपासनाका निम्ति उत्तम समय र दिन श्रावण महिना र त्यसमा पनि सोमबार रहेकाले यो समय शिव उपासकका निम्ति विशेष रहने गर्दछ । शिवजीको उपासना गर्ने माध्यम वा विधि भने रुद्राभिषेक हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button