Grace Computer Jawalakhel
अन्यगुड न्यूज 24मनोरञ्जनसमाचार

संस्कृति बचाउन युबतीहरू पन्चे बाजा बजाउदै – GoodNews24

सिन्धुली – सुमित नेपाली । नेपालको लोकप्रीय पन्चेबाजा प्राय दलित समयुदायका पुरूष दाजुभाइले बजाउने हो भन्ने धारणाालाइ सिन्धुली रुदि घर भएका युवतीहरुको समुहले महिलाले पनि बजाउन सक्छन भन्ने कुरा पन्चेबाजा बजाएर देखाएका छन् । यी युवतिहरू संस्कृति झल्किने भेषभुषामा सजिएर सहनाइ तथा पन्चे बाजा बजाउने गाउने र नाच्ने गर्छन । यी युवतीको समुह अाफ्नो क्षेत्रमा बिवाह लगायत कुनै शुभ कार्य भएमा पन्चे बाजा बजाउनको लागि जाने गरेका छन् ।

लोप हुदै गएका संस्कृतिहरु जोगाउन ,महिलाले पनि पुरुषले कार्य गर्न सक्छन भनेर देखाउन र नयाँपन दिनको लागि आफुले यस्तो कार्य सुरु गरेको बताउने यी युवतीहरूले चाहे भने पुरुषले मात्रै गर्दै आएका कार्य पनि गर्न सक्छन भन्ने प्रमाणित गरेका छन् । गाउँघरमा पनि आधुनिकता छाउदै आएको र हाम्रा धेरै पहिलेका लोकप्रिय बाजागाजा संस्कृति लोप हुदै गएका बेला पन्चे बाजा बजाउने ,खैजडी बजाउने जस्ता कार्य परापुर्व काल देखि नै पुरुषले गर्दै आएको अबस्थामा यी युबतीहरूले नैालो काम गरेकी छिन् ।

समुहमा पुजा गाैतम, निरूता लामा, सञ्जिता थापा मगर, निता थिङ र पवित्रा रम्तेल रहेका छन् ।  ब्याचलर पढ्दै गरेका यी युवतीहरु बाजा बजाएर आफ्नो संस्कृति जोगाउन भूमिका निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गर्छन । यस वाहेक उनीहरु वाध्यवादनामा मादल बासुरी सारंगी बजाउने,सामजिक जनचेतनामुलक नाटकहरुमा अभिनय गर्न पनि सिकिरहेका छन । उनीहरु भजन गाउन र खैजडी बजाउन पनि उत्तिकै उत्सुक छन ।
बिवाह लगायत अन्य कार्यक्रममा पञ्चेबाजा बजाएबापत अाएको रकमले लोपन्मुख बाजाका सामान किनि सिन्धुली कला घर संग्रहालयमा राख्ने गरेका छन । उनीहरूले गरेको यस्तो कार्यले मैालिक संस्कृति बचाउनुपर्छ भन्ने सन्देश सबैमा गएको छ ।

प्रादेशीक महोत्सव २०७५बाट सुरू भएको यो कार्यलाइ यी युबतीहरूले निरन्तरता दिदै अाइरेका छन् । दलित दाजु् भाइहरुले मात्रै बजाउदै आइएको पन्चे बाजा र उनीहरुको कार्यको सम्मान गर्दै उनीहरुले महिला भएर पनि पन्चे बाजा बजाउन सुरुवात गरेका हुन । यसले जातीय भेदभावको अन्त गर्न पनि केहि सहयोग पुर्याउने उनीहरुको बिश्वास छ । उनीहरु पन्जे बाजा सहनाई बजाउनुका साथै भजन पनि गाउने गर्छन । सुरुवातमा केटि भएर बाजा बजाउन उनीहरुले पनि अप्ठेरो मानेका थिए तर पछि बजाउदै गएर सबैले उनीहरुको प्रशंसा गर्न थाले पछि उनीहरुको हौसला बढेर आयो र उनीहरु निर्धक्क भएर बाजा बजाउन थालेका छन ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

 GudNews24 निरन्तर सकारात्मक सन्देश…

 

 

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button