समाचार

सिराहा सरकारी अस्पतालमा निःशुल्क प्रसूति सेवा सुरु

Gobal IME Bank

२ पुस, सिरहा । सिराहामा दैनिक ५ देखि ७ जना गर्भवती प्रसूति गराउन नसकेर बच्चा र आमाको स्वास्थ्यकोलागि निजी अस्पतालमा रेफर हुँदै आएको थियो तर अब भने त्यो समय बदलिएको छ । अस्पतालमा उपकरण र चिकित्सक अभावले सेवा सुचारु गर्न कठिनाइ हुँदै आएको थियो मंगलबारबाट जिल्ला अस्पताल सिराहामा पहिलोपल्ट शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सुचारु भएको छ । अस्पतालले सिरहा नगरपालिका २१ लगडीगोठका २२ वर्षीया सञ्जिला मुखियाको शल्यक्रिया गरी नवजात शिशुको जन्म गराउन सफल भएको छ ।

डा.अखिलेश चौधरीको नेतृत्वको नौ सदस्यीय टोलीले जटिल अवस्थाको शल्यक्रिया गर्न सफल भएको अस्पतालका प्रमुख डा.नागेन्द्रप्रसाद यादवले जानकारी गराउनु भएको छ ।
प्रमुख यादवकाअनुसार अब सिराहा जिल्ला अस्पतालमा गरिब तथा विपन्नसँगै सबैलाई निःशुल्क रूपमा शल्यक्रिया सेवा लिन सहज भएको जानकारी गराउनु भयो । सिराहा अस्पतालमा शल्यक्रियासहितको प्रसूति सेवा सञ्चालन गर्न चिकित्सकको टोलीले प्रसूतिगृह थापाथली काठमाडौंमा एड्भान्स स्किल वर्थ अटेन्डेन्ड (एएसबिए) ७० दिने प्रशिक्षण लिएको थियो । हाल सिराहा जिल्ला अस्पतालमा औषधीसहितको निःशुल्क शल्यक्रिया सेवाको सुरुवात भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button