शिक्षा स्वास्थसमाचार

सिस्नोले निको पार्छ यी खतरनाक रोगहरु, जानी राखौं चमत्कारीक फाईदा

Gobal IME Bank

काठमाडौँ । सिस्नोको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौँ । सिस्नोसगँ राम्रोसंग परिचित नभएकाले त अझैँ यसलाई पोल्ने घाँसको रुपमा चिन्छन् । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोह गर्न नसक्नेहरुले पनि तुच्छ खानाको रुपमा लिने गरेको सिस्नो अहिले सहरका ठूला ठूला डिर्पाटमेन्टल स्टोर, तारे होटल र रेष्टुरेन्टहरुमा महङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ ।

बहुगुण भएको सिस्नो पहाडी क्षेत्रका गाउँघरका बारीका कान्लामा पाइने यसलाई सागको रुपमा प्रयोग गर्न सकिन्छ । हामीले खाने हरियो सागपातहरुमध्ये सिस्नो एक उत्कृट र लाभदायक किसिमको सागमा पर्दछ ।

हालैको एउटा अनुसन्धानले सिस्नो मानवका स्वास्थ्यका लागि मात्र नभई जीवजन्तुको लागि पनि उपयोगी रहेको देखिएको छ । सिस्नोको धुलोलाई दाल,र सुपको रुपमा बनाएर ढिँडोसंग खाने गरिन्छ । हरियो सिस्नोको मुन्टालाई तरकारीको रुपमा खाने गरिन्छ । सिस्नो पोषिलो हुनुका साथै शरीरको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने वनस्पति भएकाले पनि यसको माग आजभोलि बढ्दो छ ।

गाउँघरमा पाइने सिस्नोलाई गाईवस्तुको लागि खोले र गाउँघरका मनिसले पनि दाल र सागको रुपमा प्रयोग गरेको पाइन्छ । विशेषगरी गाउँघरमा खाघान्नको अभावमा प्राकृतिक रुपमा उब्जनी हुने सिस्नोलाई दैनिकी भोजनको रुपमा प्रयोग गरिन्छ तर पछिल्लो समय सिस्नोमा औषधीय गुण रहेको थाहा पाएपछि यसको माग स्वदेशमा भन्दा पनि विदेशमा बढ्दै आएको छ र महङ्गो दरमा यसलाई विदेशमा निर्यात पनि गर्न थालिएको छ ।

हाडर्जोनी लगायतका शरीरका विभिन्न रोगहरुको लागि पनि सिस्नो लाभदायी मानिन्छ । सिस्नोमा भिटामिन ए र भिटामिन सी अध्याधिक रुपमा पाईन्छ । त्यसका साथै आइरन र अन्य विभिन्न तत्व पनि यसमा पाईन्छ । सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिशाब पोल्ने, दम, बाथरोग लगायत रगत उत्पादन गर्ने, रगतमा हेमोगोल्बिनको मात्रा बढाउने काम गर्छ ।

यसका साथै सिस्नोलाई कपालमा लगाँउदा कपाल झर्न बाट रोक्छ भने कपालको चायाँ पनि रोक्ने गर्दछ । महिनावारी अनियमित हुने र ग्यासट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, जण्डिस, प्यारालाईसिस, पत्थरी, अल्सर, कब्जियत, पाईल्स, युरिक एसीड आदिका रोगीका लागि सिस्नो उपयोगी मानिन्छ ।

यो अनुहारमा आउने डन्डीफोर र अन्य विभिन्न छाला रोगका लागि पनि निकै लाभदायक मानिन्छ । यसको एन्टिअक्सिडेन्ट गुणहरूको कारणले गर्दा, यसले दाग र दागको उपस्थिति कम गर्न सक्छ र यसमा एन्टीऐजिङ र्पोपरटिज पनि पाईन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button