मुख्य समाचारसमाचार

ग्लोबल वार्मिङ्ग: पृथ्वीमा सुर्यको तापमान कम गर्ने तयारीमा वैज्ञानिकहरु…

Gobal IME Bank

एजेन्सी । सौर्यमण्डलको एकमात्र ग्रह जसमा जीवन पाइएको छ । यो ग्रह अहिले तातिँदै गईरहेको छ । हाम्रो धर्ती ‘पृथ्वी’ तिब्र गतिमा तातो हुँदै गईरहेको छ ।

यसको उदाहरण हामी हरेक वर्ष बदलिरहेको मौसमी चक्रको रूपमा देख्दै आईरहेको छौ । मौसमले आफ्नो मिजास बदलिसकेको छ । अब बाढी, पहिरो, हुरी, हिमपात र गर्मीको रौद्र रूप हामीले देखिरहेका छौँ ।

ताती रहेको धर्तीको तापमान कम गर्नको लागि वैज्ञानिकहरुले अब एउटा अलग बाटोलाई पछ्याउन लागेका छन् । बढिरहेको प्रदुषण रोक्ने कोसिस र कार्बन डाइअक्साइडको मात्रा घटाएर धेरै चाँडो पृथ्वीको विनास हुनबाट बचाउन नसकिए पनि सुर्यबाट आईरहेको गर्मीलाई कम गर्दा कसो होला ? सुन्नमा यो कुरा सजिलो छ जस्तो लाग्छ । यसलाई सोलार जियोइंजीनियरिंग भनिन्छ । यसको बारेमा रिसर्च पनि शुरू भईसकेको छ । के हो सोलर जियोइंजीनियरिंग ?

विश्वभरको वैज्ञानिक यस्तो टेक्निकमा काम गरिरहेका छन्, जसले सुर्यको गर्मी कम गर्न मद्दत गर्छ । रिसर्च यस सिद्धान्तमा आधारित हुन्छ कि प्लेन र ठुलो बेलुनको मद्दतले पृथ्वीको वायुमण्डलको तह जसलाई, समताप मण्डल भनिन्छ, यस मण्डलमा सल्फरलाई छरिन्छ जसको कारण सुर्यको किरण रिफ्लेक्ट अथवा परिवर्तित गरिदिन्छ र धर्तीमा सुर्यबाट कम गर्मी भित्र पृथ्वीमा पस्छ । यसले गर्दा धर्तीमा बढिरहेको तापमानलाई कम गर्न मद्दत गर्नेछ । यो प्रक्रियाले चाँडै नतीजा दिन सफल हुनेछ ।

रिसर्चको एक रिपोर्ट अनुसार यस दिशामा डिग्रीज इनिशिएटिव नामक एनजीओले धेरै प्रगति गरिरहेको छ र यसमा रिसर्चको लागी ९ लाख डलरको करिब फन्डिङ गर्ने कुरा बताएको छ । जसमा १५ देशहरुको सोधकर्ताहरु सामिल हुने छन् । जसमा नाइजेरिया, चिली र भारत पनि सामेल भएको छ । यसलाई सोलार रेडिएसन मोडिफिकेसन पनि भनिएको छ । यस फन्डिङको माध्यमबाट यस प्रक्रियाको कम्प्युटर मोडलिङलाई लिएर स्टडीमा सबै किसिमको खर्च गरिने छ । सोलर जियोइंजीनियरिंग सुन्नमा जति सरल लागे पनि, यसको प्रक्रिया त्यति नै जोखिमपुर्ण पनि रहेको बताइएको छ ।

रिपोर्टमा बताए अनुसार सोलर रेडिएसन मोडिफिकेसनले हाम्रो जलवायु तन्त्रलाई पनि प्रभावित गर्न सक्छ । जसको कारण मनसुन, आँधी, ग्रीष्मलहर र जैव विविधता आदी सबै प्रभावित हुन सक्छन् ।

यसले साउथ अफ्रीका जस्तो देशमा हुने खडेरीलाई समेत प्रभावित पारि ज्यादा भयङ्कर रूप लिन सक्छ। साथै फिलिपीन्समा चामल र मकैको उत्पादनमा पनि नराम्रो सँग प्रभाव पार्न सक्छ । हार्वर्ड र अक्सफोर्ड जस्तो विश्वविद्यालय पनि यस रिसर्चमा लागि रहेका छन् । संसारको केही ठाउँहरुमा यसको विरोध भएको पाइएको छ । किनभने एक तर्फ जहाँ यो रिसर्चले ग्लोबल वार्मिङ्गलाई कम गर्छ भने अर्को तर्फ यसले जलवायु तन्त्रमा निकै गहिरो प्रभाव हुने सम्भावना पनि उत्तिकै छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button