मुख्य समाचारशिक्षा स्वास्थसमाचार

पानी कम पिउनाले तौल बढ्छ ? शरीरमा पानीको कमीको कारण देखा पर्ने ११ समस्याहरु

Gobal IME Bank

एजेन्सी । हाम्रो शरीरमा विभिन्न बिकार तत्वहरु जस्तै यूरिन, पसिनाबाट पानी बनेर निस्कने गर्छ यसरी हाम्रो शरीरमा भएको बिकार तत्वहरु पनि यी माध्यमबाट बाहिर निस्कने गर्छ । त्यसैले हामिले प्रसस्त मात्रामा पानि पिउनु पर्छ पानीको मात्रा कम हुँदा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरमा पानीको मात्रा कम हुँदा देखिने लक्षणहरु यसप्रकार छन्

१. थकान
पानीले हाम्रो शरीरलाई उर्जा दिन्छ। डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्ने कारणले गर्दा शरीको सबै प्रक्रियामा असर पनि पर्छ। पानी कम हुँदा शरीरमा थकान र सुस्तता महसुस हुन्छ। शरीरमा उर्जा नहुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैन ।

२. दम
शरीरमा पानीको कमी हुँदा श्वासप्रश्वास प्रणालीमा समेत समस्या उत्पन्न हुन्छ। यसको कारण श्वास लिन समस्या हुन्छ। यदि अचानक दम लागेको जस्तो महसुस भए बिरामीलाई पानी पिउन दिनुपर्छ। जूस, नरिवल, लस्सी आदि पिउन दिदा पनि राहत मिल्नेछ । यसबाट तीब्र गतिमा श्वास लिने समस्या कम हुन्छ।

३. रक्तचाप
गर्मीमा पसिना बढी आउने कारण शरीर र रगतमा भएको पानीको मात्रामा कम हुन सक्छ । यस्तो अवस्थामा ज्यादा मात्रामा पानी पिउने गर्नु पर्छ। उच्च रक्तचापका बिरामीले पनि ज्यादा मात्रामा पानी पिउनुपर्छ। शरीरबाट पानी ज्यादा मात्रामा निस्क्यो भने रक्तचाप कम हुन मद्दत मिल्छ।

४. उच्च कोलेस्टेरोल
उच्च कोलेले आवनिर्माण गर्छ। यदि शरीरलाई पर्याप्त पानी प्राप्त भयो भने कोलेस्टेरोलको समस्या पैदा हुँदैन। स्टेरोल एक समस्या हो, जुन मुटुका लागि घातक हुन सक्छ।

५. छालासम्बन्धी समस्या
पानीमार्फत छालालाई पनि लाभ प्राप्त हुन्छ। छालाले शरीरका लागि सुरक्षाकवचको काम गर्छ। यसले छालामा पानीको स्तर पनि नियन्त्रित गर्छ। पानी पर्याप्त पिउनाले छाला नरम हुन्छ। पानीको कमी हुँदा छाला रुखो र निस्तेज हुन्छ। डिहाइड्रेसन हुँदा छालामा डर्मटाइटिस, सराइअसिसजस्ता विभिन्न समस्या देखिने डर हुन्छ।

६. पाचनसम्बन्धी समस्या
शरीरले पर्याप्त मात्रामा पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमी हुन्छ, जसबाट शरीरमा पाचनसम्बन्धी कयौं समस्या आउन सक्छ। जस्तै, अल्सर, ग्यास आदि। खाना पचाउनका लागि पनि पानी अत्यन्त आवश्यक हुन्छ।

७. तौल बढ्ने
खानाबाट प्राप्त क्यालोरीलाई जलाउन पानीले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । पानीको मात्रामा कमी आउनाले क्यालोरी जलाउन पर्याप्त पानी नपुग्दा बोसो कम नष्ट हुन्छ र तौल बढ्ने समस्या उत्पन्न हुन्छ।

८. मानसिक स्वास्थ्यमा असर
डिहाइड्रेसनले मानिसको दिमागको कार्यकुशलतालाई प्रभावित गर्न सक्छ। लण्डनमा मनोचिकित्सा संस्थानका अनुसन्धानकर्ताहरुले शरीरमा जब पानीको कमी हुँदा, त्यसले मस्तिष्कको गतिविधिमा निकै असर परेको आफ्नो रिसर्चमा पत्ता लगाएका थिए।

९. मधुमेह
मधुमेह पीडितको बढेको ब्लड सुगरको स्तर पिसाबको रुपमा बहिर निस्कन्छ। पर्याप्त पानी नपाउँदा उनिहरुलाई कमजोरी महसूस हुन्छ । त्यसैले सुगरका रोगीहरुले पानी प्रसस्त मात्रामा पिउनुपर्छ ।

१०. जोर्नीमा प्रभाव
पानीले हाम्रो जोर्नी र मांसपेशीलाई नरम बनाउछ। यसको कमीको करण जोर्नी वा मांसपेशीमा पीडा हुन सक्छ। शरीरमा पानीको कमीका कारण रगतको मात्रामा पनि कमी आउन सक्छ। रगतको कमीका कारण जोर्नीको समस्या पनि उत्पन्न हुन सक्छ।

११. मिर्गौलाको समस्या
शरीरमा निरन्तर चलिरहने अनेक खालका रासायनिक प्रक्रियाका कारण हाम्रो शरीरमा पनि केही विषालु तत्वको निर्माण हुन्छ। यी विषाक्त पदार्थ शरीरबाट बाहिर निकाल्न आवश्यक हुन्छ। पानी कम हुँँदा यस्ता विषालु तत्व शरीरमा बनिरहन्छन् र कयौं प्रकारका रोग लाग्ने सम्भावना पनि बढ्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button