अन्यसमाचार

विद्यार्थीको निःशुल्क आँखा परीक्षण -GoodNews24

Gobal IME Bank

सुरुङ्गा । मेची आँखा अस्पताल बिर्तामोडले रिच प्रोजेक्टमार्फत झापाका एक लाख २७ हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । अबिर्स अन्तर्राष्ट्रिय संस्थाको साझेदारी र नेपाल नेत्र ज्योति सङ्घको सहकार्यमा मेची आँखा अस्पतालले जिल्लाका २६१ संस्थागत र १११ सामुदायिक विद्यालयका एक लाख २७ हजार ६७५ विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको हो । आँखा जाँच गरिएका विद्यार्थीमध्ये तीन हजार ५९६ लाई अस्पतालले निःशुल्क चस्मासमेत वितरण गरेको छ । त्यस्तै २६ विद्यार्थीको निःशुल्क शल्यक्रिया गरिएको र एक हजार ३१६ लाई औषधि वितरण गरिएको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा पुरुषोत्तम जोशीले जानकारी दिनुभयो । अस्पतालले सन् २०१८ बाट छ वर्षदेखि १८ वर्ष उमेर समूहका झापाका दुई लाख विद्यार्थीको निःशुल्क आँखा जाँच गर्ने लक्ष्यसहित अहिले जिल्लाका विभिन्न विद्यालयमा विद्यार्थीको निःशुल्क आँखा जाँच गरिरहेको छ । गत वर्ष १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मेची आँखा अस्पतालबाट सो कार्यक्रमको शुरुआत गर्नुभएको थियो । नेपालका दुई जिल्ला झापा र सुनसरीमा पाइलट प्रोजेक्टका रुपमा रहेको यो कार्यक्रमले पहिलो र दोस्रो चरणसम्म आइपुग्दा लक्ष्य हासिल गर्न सफल भएको मेची आँखा अस्पताल बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत सुरजकुमार रौनियारले बताउनुभयो । छ सय ७६ शिक्षकलाई अस्पतालले तालीम दिएर विद्यार्थीको आँखा जाँच कार्यक्रममा सहयोग पुर्याउन र सबै विद्यार्थीको आँखा जाँच गर्दै विद्यार्थीमा देखिने दृष्टिदोष, बालअन्धोपन र मोलियाबिन्दु रोगबाट मुक्त गराउन आग्रह गरिएको अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले जानकारी दिनुभयो । अस्पतालमा आँखा जाँच कार्यक्रम हुँदा विद्यालय अनुपस्थित भएका विद्यार्थीको पुनः दोस्रो पटक हुने आँखा जाँच शिविरमा आँखा परीक्षण गरिने रिच पोजेक्ट कार्यक्रम संयोजक प्रशान्त श्रेष्ठले बताउनुभयो । विसं २०५३ मा मेची आँखा अस्पताल सङ्घ र आइकेयर फाउण्डेशन नेदरल्याण्डको समन्वयमा खुलेको मेची आँखा अस्पतालमा उपचारका लागि नेपालका विभिन्न जिल्लाका सर्वसाधारण तथा भारत, भुटान र बङ्गलादेशका नागरिकसमेत आउने गरेका छन् । यो अस्पतालमा सन् २०१९ मा मात्रै दुई लाख २९ हजार ८७२ आँखाका रोगीले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । आँखा जाँच गरिएका बिरामीमध्ये २९ हजार ७३१ को शल्यक्रिया गरिएको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button