मुख्य समाचारसमाचार

स्ववियु नेतृत्वका लागि मतदान जारी, सुरक्षा व्यवस्था कडा

Gobal IME Bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान जारी छ ।

आईतवार बिहान ८ बजेबाट नै काठमाडौं उपत्यकासहित देशका अन्य सम्बन्धन प्राप्त क्याम्मसहरुमा मतदान शुरु भएको हो । स्ववियु निर्वाचन १४ वर्षपछि भएको हो । ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान हुँदैछ । काठमाडौंको रत्नराज्य क्याम्पससहितका देशका अन्य केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन ।

काठमाडौंका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मीकि क्याम्पसहरुमा मतदान शुरु भएको छ । बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखि नियमित हुन सकेको थिएन । यस पटक भने निर्वाचनका लागि अधिकांश क्याम्पसहरुमा मतदान नै शुरु भइसकेको हो ।

विद्यार्थीहरु स्ववियुको नेतृत्व चयनका लागि बिहानैदेखि क्याम्पस परिसरमा लामवद्ध भएको देख्न सकिन्छ । स्ववियु निर्वाचनलाई मध्यनजर गरी निर्वाचन हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button