Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को प्रतिबद्धता

Prime Minister Prachanda

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।

गत श्रावण ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्गर्ततको राजश्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेको थियो ।

सुन तस्करीको अनुसन्धान राजश्व विभागले नै गर्दै आएको छ । राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीको समेत सहयोग लिएर अनुसन्धानलाई अगाडि बढाएको छ ।

अनुसन्धान निष्कर्षमा पुग्ने र सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गरिने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता छ ।

सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका हुन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button