गुड न्यूज 24सफल कथा

कंडक्टरबाट सुपरस्टार बनेका रजनीकान्तको सफलताको कथा – GoodNews24

Gobal IME Bank

कुनै पनि फिल्म रिलिज हुदा बिदाको समय हेरिन्छ या त कुनै चाडपर्व या बिशेष दिन हेरिन्छ ता कि फिल्म हेर्ने दर्शकको घुइचो लागोस । रजनीकान्त सिनेमा नगरमा यस्ता व्यक्तित्व हुन् जसको फिल्म रिलिज गर्नको लागि न बिदा हेर्नु पर्छ न त कुनै बिशेष दिन रजनीकान्तको फिल्म भने पछि कुनै पनि दिन दर्शकको उत्ति नै भिड हुन्छ । र रजनीकान्तलाइ एक सुपर स्टार अभिनेता मात्र होइन धेरै व्यक्तिहरु भगवान नै मान्छन यहाँसम्म कि दक्षिण भारतमा रजनीकान्तको नाममा धेरै मन्दिर समेत बनाइएका छन् । जहाँ उनको पुजा गर्छन् । मान्छेबाट साक्षात् भगवान बन्न पुगेका रजनीकान्तको जिन्दगीमा धेरै संघर्ष गरेका छन् ।

रजनीकान्तको जन्म सन् १२ डिसेम्बर १९५० मा कर्नाटकको बेंगलोरमा एक मध्यम वर्गीय मराठी परिवारमा भएको थियो । उनको नाम बच्चामा शिवजी राव गाईक वाद राखिएको थियो । उनको पिताको नाम रामोजी राव गाईकवाद थियो जो प्रहरीको जागिरमा थिए र उनको माताको नाम जिजाबाई थियो जो एक गृहिणी थिइन् । उनका चार दाजु भाइ बहिनी मध्ये रजनिकान्त सबै भन्दा कान्छा थिए । रजनिकान्तले ६ वर्षको उमेरमा पढाइ लेखाइ सुरु गरेका थिए । पढ्नमा उनि निकै तेज हुनुका साथै खेलमा पनि उनको त्यतिकै चाख थियो । रजनीकान्त ९ वर्षको हुदा उनको माताको मृत्यु भयो । त्यसपछि उनको दाइले रजनिकान्तलाई पढाइ लेखाइको लागि एक मठमा पठाए जहाँ उनले भारतीय संस्कृतिको जानकारी पाए । एकचोटी उनले महाभारतको एकलब्यको अभिनय गरेका थिए जसलाई दर्शकहरुले धेरै मन पराए । उनको अभिनय हेरे पछि मसुर कबि डि आर बेंद्रेले रजनीकान्तलाइ भेटेर उनको अभिनयको खुब तारिफ गरे जसको कारण रजनीकान्तमा अभिनय प्रति चासो बढ्न गयो । उनले सानै देखि धेरै नाटकमा अभिनय गरे र उनले अभिनय क्षेत्रमा नै आफ्नो करियर बनाउने सोच राखे ।

रजनीकान्तले पढाइ सक्ने बित्तिकै उनको परिवारको आर्थिक अवस्था नाजुक बन्दै गयो। रजनिकान्तले उनको परिवार सहयोगको लागि बैंगलोर र मद्रासमा कार्पेन्टर र कुल्लीको जस्तो साना साना काम पनि गरे । त्यहि समय बेंगलोर ट्रान्सफर सर्भिसमा उनले कंडक्टरको काम समेत गरे जसबाट उनको परिवारको आर्थिक स्थितिमा थोरै सुधार आयो । उनि फिल्म क्षेत्रबाट त टाढिएका थिए तर अभिनय गर्न छाडेका थिएनन । उनि सिटि बजाउन र अभिनय गर्न यात्रीको बिचमा निकै चर्चित थिए । यसै क्रममा उनले मद्रास फिल्म इस्नटिच्युटको बिज्ञापन देखे जसले फिल्ममा अभिनय गर्न सिकाउथ्यो । उनि अभिनय सिक्न चाहन्थे तर पैसा नभएको कारण उनको परिवारले उनलाई सपोर्ट गर्न सकेन तर उनको साथ काम गर्ने एउटा साथीले अभिनय प्रतिको उनको पागलपन देखेका थिए । त्यसकारण उनको साथीले मद्रास फिल्म इन्स्टिच्युटमा भर्ना गर्न सहयोग गरे ।

रजनीकान्त कंडक्टरको जागिर छोडेर १९७३ मा अभिनय सिक्न थाले । उनि पैसाकोलागि ठाउँ ठाउँमा गएर अभिनय गर्थे । यसै क्रममा एकदिन एक फिल्म निर्देशकले रजनीकान्तको अभिनय देखेर यति प्रभावित भए कि उनले रजनिकान्तलाई आफ्नो एक तामिल फिल्मको अफर गरे । फिल्मको लागि उनले तामिल भाषा पनि सिके । १९७५ मा उनले फिल्म अपूर्व रागंगलबाट फिल्मी यात्रा सुरु गरे जहाँ उनले खलानायकको भूमिका निभाएका थिए । फिल्ममा उनको खास भूमिका त थिएन तर उनको अभिनयले दर्शकहरुले उनलाई चिन्न सुरु गरेका थिए । सोहि फिल्ममा उनको अभिनय देखे पछि उनलाई अर्को फिल्म कथा संगममा अभिनय गर्ने मौका मिल्यो त्यसपछि उनलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेन । आफ्नो अभिनय कलाको जादुले उनि तामिल फिल्मका सुपर स्टार बन्न पुगे ।

यसै विच उनको भेट लतारंगा चारी संग भयो जो आफ्नो कलेजको म्यागजिनको लागि रजनीकान्तको अन्तर्वार्ता लिन आएकी थिइन । रजनिकान्तले उनीलाई देख्ने बित्तिकै मन पराए र २६ फेब्रुअरी १९८१ उनले लतारंगा संग विवाह गरेर दुइ छोरीका बाबु बने । तामिल फिल्मको सुपर स्टार बने पछि रजनीकान्तले हिन्दी फिल्ममा समेत पाइला राखे जहाँ उनले पहिलो हिन्दी फिल्म अन्धा कानुन अमिताभ बच्चनसंग गरे । त्यसपछि उनले तामिल फिल्मको साथ साथ धेरै हिन्दी फिल्ममा अभिनय गर्न सुरु गरे । यति ठुलो सुपर स्टार भएर पनि उनि वास्तविक जीवन एकदम सामान्य जिउँछन् । उनी एक सामान्य व्यक्ति जसरी धोती कुर्ता र चप्पल लगाउँछन् र कोही उनीसंग सहयोग माग्न आयो भने कहिल्यै निराश बनाउदैनन । रजनीकान्तले आफ्नो सफलतालाई कहिल्यै आफुमाथि हाबी हुन दिएनन त्यसैले उनका प्रशंसक उनलाई धेरै नै सम्मान र भगवानको स्वरुप मान्छन ।

 

 

गुड न्यूज 24 डट एनपी

www.gudnews24.com
GoodNews Media

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button