Grace Computer Jawalakhel
अन्यसमाचार

पौडीमा गोरीकाको राष्ट्रिय कीर्तिमान

National Record

काठमाडौं। जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरीका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

१३औँ सागका ४ स्वर्ण पदकधारी गौरीकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६ दशमलव ८० सेकेण्ड समयमा दुरी पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेका हुन् ।

गौरीकाले यसअघि भारतको गुवाहटीमा आयोजना भएको १२औँ दक्षिण एशियाली खेलकुदमा १ मिनेट ७ दशमलव ३१ सेकेण्ड समयको रेकर्ड बनाएकी थिइन ।
यस्तै, नेपाली पौडीबाज नासिरले भने लगातार दोस्रो दिन पनि नयाँ कीर्तिमान बनाए । पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले दिएको जानकारी अनुसार नासिरले २०० मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको १ मिनेट ५८ दशमलव २३ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५७ दशमलव २६ सेकेण्ड समयमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

यसअघि नासिरले आइतबार ४०० मिटर फ्रिस्टायलमा पनि आफ्नै नामको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button