अन्यसमाचार

उत्कृष्ट कार्य गर्न नसकेका ७४ प्रहरीलाई सुधारात्मक तालीम -GoodNews24

Gobal IME Bank

काठमाडाैँ । महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुर तथा मातहत रहेका सादा पोसाकमा खटिने ७४ प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी गणमा पठाइएको छ । उल्लेखनीय कार्य गर्न नसकेका १७ अधिकृत ५७ जवानसमेत ७४ अधिकृत तथा जवानलाई तोकिएको सादा पोसाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्ज पठाइएको हो ।

प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लाञ्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्य गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । आचरण व्यवहार सुधारको हिसाबले पठाइएका अधिकृत तथा जवानलाई महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा सातदिने सुधारात्मक तालीमसमेत दिइने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

यसअघि नै कार्यालयले हरेक महिना उपत्यकाका प्रहरीको आचरण, व्यवहार, कार्यशैली र सेवाका बारेमा मूल्याङ्कन गर्दै आएको छ । मूल्याङ्कनमा असफल हुने र प्रहरीको नियमभन्दा बाहिर गएर काम गर्नेलाई कारवाहीसमेत गर्न थालिएको छ । उहाँले सादा पोसाकमा कार्यरत रहेका प्रहरी अधिकृत तथा जवानलाई प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालन गरिने जानकारी दिनुभयो । यसरी मूल्याङ्कनका लागि कार्यालयले प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा समूह नै गठन गरेको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button