शिक्षा स्वास्थसमाचार

यात्रा स्वास्थ्यका लागि औषधि हो

Travel

Gobal IME Bank

काठमाडौँ। यात्रामा पर्याप्त समय बिताउने हो भने रमाइलो मात्र होइन शारीरिक र मानसिक स्वास्थ्यमा पनि फाइदा पुग्ने गर्छ।

कुनै नयाँ ठाँउ घुम्दै हुनुहुन्छ, सुन्दर दृश्य हेर्दै हुनुहुन्छ वा गाउँको स्वच्छ हावामा सास फेर्दै हुनुहुन्छ भने आफ्नो स्वास्थ्यमा फाइदा पुग्ने गर्छ । यात्रा गर्नुका फाइदाहरुबारे पढ्नुहोस्

मुटु स्वस्थ्य

यदि शहरमा बस्ने व्यक्तिले यात्रा गर्छ र प्रकृति अवलोकन गर्छ भने एकदिनमा करिब १० हजार पाइला उक्त व्यक्ति हिड्छ । जुन ६७ किलोमिटर हुन्छ ण्सलाई मध्यम किसिमको राम्रो कसरत मानिन्छ।

हिँड्दा दृश्यावलोकन या अरु गतिविधि पनि गर्दा स्वास्थ्यमा राम्रो असर पर्छ। खासगरी मुटुका लागि यी गतिविधि असाध्यै राम्रो हुन्छ।

सन् १९४८ को फ्रामिङ्घम स्टडीले यही विषयमा केन्द्रित भएर केही महिलाहरूको सर्वेक्षण गरेको थियो र २० वर्षपछि उनीहरू कहाँ फेरि पुगेको थियो।

६ वर्षमा एकपटक बिदा मनाउने महिलाहरूमा वर्षको दुईपटक बिदा मनाउने महिलाहरूको तुलनामा आठ गुणा बढी हृदयाघात या मुटुरोग भएको पाइयो। यो अध्ययन मोटोपन र चुरोट खाने बानी नभएका महिलाहरूमा गरिएको थियो।

न्यू योर्कको स्टेट विश्वविद्यालयले गरेको अर्को अध्ययनमा मुटुरोगको अत्यधिक जोखिममा रहेका १२ हजार पुरुषहरूमा नौ वर्षसम्म अध्ययन गरियो।

वार्षिक बिदा नलिने मानिसहरूमा लिनेको तुलनामा हृदयाघातबाट मृत्यु हुने सम्भावना ३२ प्रतिशतले बढेको पाइयो।

जवान रहन

यात्राले तनाव घटाउँछ भने यसले आयु पनि बढाउँछ। ‘ग्लोबल कोएलिसन अन एजिङ’ रिपोर्टका अनुसार तनावले बुढो हुने प्रक्रियालाई तीव्र गरिदिन्छ।

उक्त संस्थाका अनुसार तनाव लिनु भनेको हरेक दिन ‘कर्टिसोल हर्मोन’को सुइ लिनु जत्तिकै हो जसले रोग प्रतिरोधात्मक शक्ति क्षीण गरिदिन्छ र एड्रीनल काम नगर्ने, टाउको दुख्ने र दिसा गडबड गराउने जस्ता समस्या निम्त्याउँछ।

राम्रो कुरा के भने, घुम्न जाँदा तनाव कम हुन धेरै लामो समय लाग्दैन। सन् २०१२ मा ५०० मानिसहरूमा गरिएको ‘एक्सपिडिया’ सर्वेक्षणमा घुम्न जाने मानिसहरूले एकदुई दिनमै तनावमुक्त अनुभव गर्न सक्ने भनिएको थियो।

सरे विश्वविद्यालय यूकेमा सन २००२ मा गरिएको एउटा अध्ययनमा घुमफिरको योजना बनाउनु र सहभागी हुनुले नै मान्छेहरूलाई खुशी बनाउँछ र त्यसले आफ्नो जीवन सकारात्मक बनाउँछ भनिएको थियो।

दिमागलाई चुस्त राख्छ

यात्राले विभिन्न परिस्थितिसँग जम्काभेट गराइदिन्छ जसले हाम्रो दिमागलाई खुराक दिन्छ जस्तै नयाँ खाना, नयाँ वातावरण र फरक भाषा आदि।

स्थानीय संस्कृति र अरुका ठाउँहरूबारे जान्ने मौकाले हामीलाई थप उत्साहित बनाउँछ र, त्यसले मस्तिष्कको अल्जाइमर्स जस्तो रोग लाग्नबाट बचाउँछ।

‘नयाँ र फरक अनुभव र वातावरणले मानिसहरूको दिमागलाई चुनौती दिन्छ जसले मस्तिष्कको स्वास्थ्य प्रवर्द्धन गर्न र जीवनसँग संघर्ष गर्न सहयोग गर्छ’, पिट्सबर्ग स्कुल अफ मेडिसिनका डाक्टर पल डी नसबम भन्छन्, ‘यात्रा राम्रो औषधि हो’।

सिर्जनशीलता बढाउन

‘अ टेक्निक फर प्रोड्युसिङ आइडियाज’ नामक किताबमा अमेरिकी विज्ञापनकर्मी विज्ञ जेम्स वेब योङले विद्यार्थीहरू र मार्केटिङ व्यवसायीहरूलाई दिएको सुझावमा तपाई नयाँ राम्रो विचार उत्पन्न गर्न चाहनुहुन्छ भने त्यसबारे सोच्न छोडिदिनोस् भनेका छन्।

नयाँ विचार आकाशबाट खस्छन् भन्ने उनको भनाइ पक्कै होइन बरु त्यसको उल्टो हो। तर कहिलेकाँही अरु नै कुनै काम गरिरहेका बेला अचानक विचार आउन सक्छ। अहिले स्नायु वैज्ञानिकहरूले पत्ता लगाइसकेका छन्, नयाँ वातावरण र अनुभवले हाम्रो मस्तिष्कलाई पुनर्ताजगी दिन्छन्।

कग्निटिभ फ्लेग्जिबिलिटी भनिने मस्तिष्कको यो शक्ति विचारहरू उत्पन्न गर्ने क्षमतासँग प्रत्यक्ष सम्बन्धित छ।

उत्पादकत्व बढाउँछ

अहिलेको कार्यक्षेत्रमा कामको बोझमा पर्नु भन्ने महामारी जत्तिकै छ। वास्तवमा त्यो त कामदारहरूमाथि पर्ने बोझ मात्र होइन स्वास्थ्य प्रणालीमाथि पनि पर्ने बोझ हो।

अमेरिकन इन्स्टिच्यूट अफ स्ट्रेसको अनुमान अनुसार अमेरिकी उद्योगको तनाव सम्बन्धी प्रतिवर्ष ३०० अर्ब डलर खर्च हुने छ।

राम्रो स्वास्थ्यको स्नायुविज्ञानबारे लेख्दै आएकी डा. शीमी काङ कहिलेकाहीँ कामको बोझ कम गर्दा त्यसले मस्तिष्कलाई पहिलेकै स्थितिमा धेरै काम गर्न सक्ने अवस्थामा फर्काइदिन्छ र यसले समस्या समाधान गर्न र विचार एक अर्कातिर जोड्न सहयोग गर्छ।

व्यक्तिगत विकास प्रवर्द्धन गर्न

तपाई जवान हुनुहुन्छ, केही समय विदेश बसेर काम गर्ने मौकाको खोजीमा हुनुहुन्छ भने अध्ययनहरूले देखाएका छन् त्यसले तपाईको व्यक्तित्व विकासमा ठूलो फाइदा पुर्‍याउन सक्छ।

जर्मनीको फ्रेडरिक (स्किलर) युनिभर्सिट्याटका डा. जुलिया जिम्मरम्यान र डा. फ्रान्ज नेयरले कम्तीमा एक सेमेस्टर विदेशमा गएर पढेका विश्वविद्यालका तीन हजार विद्यार्थी र यात्रा नगर्ने समूहसँग तुलना गरेर हेरेका थिए।

आफ्ना अध्ययनका बेला यात्रा गर्न नचाहनेका तुलनामा बाहिर पढेकाहरू बहिर्मुखी पाइए। यात्रा गरेकाहरूले नयाँ अनुभवप्रति उदार र नयाँ ठाउँमा सम्हालिन सक्ने क्षमता बढेको देखायो।

त्यसैले जुनसुकै उमेर समूह र यात्राको शैली भए पनि केही समय निकालेर फुर्सदको समयमा यात्रा गर्दा फाइदा हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button