शिक्षा स्वास्थसमाचार

तुलसीबाट हुने स्वास्थ्य लाभहरु

Tulsi Plant!

Gobal IME Bank

तुलसीलाई भगवान विष्णु भगवानको रूपमा पूजा गर्ने गरिन्छ । असारको शुक्ल एकादशीमा हिन्दु धर्मावलम्बीहरुले तुलसी मठमा सारेर पुजा गर्ने गर्छन् ।  यो क्रम कात्तिक शुक्ल एकादशीसम्म रहन्छ।

तुलसी पूजा गर्न र धार्मिक कार्यहरूमा अत्यावश्यक मानिन्छ। यसका पात, डाँठ र फूल आदि धार्मिक कार्यमा प्रयोग हुन्छन्।
तुलसीलाई सबैभन्दा बढी अक्सिजन फ्याँक्ने बिरुवा मानिन्छ। तुलसीको बिरुवा रहेको वरिपरि चारैतिर वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने किटाणुसमेत नष्ट हुन्छ ।

आयुर्वेदमा मात्र होइन आधुनिक चिकित्सामा समेत तुलसीलाई स्वास्थ्थको लागि फाइदाजनक वनस्पतीको रुपमा प्रयोग गरिन्छ। क्षयरोग, उच्च रक्तचाप, इन्सेफलाइटिस जस्ता रोगहरूमा तुलसीको प्रयोग उपयोगी हुने चिकित्सकहरु बताउँछन्।

तुलसीद्वारा घरैमा उपचार गर्न सकिन्छ:

–बिहान सबेरै तुलसीको मठनजिकै बसेर प्राणायम गर्ने वा श्वास तान्ने, फ्याँक्ने क्रिया अपनाउनाले स्मरणशक्ति वृद्धि हुन्छ। साथै तुलसीको ३,४ पत्ता पानीको साथमा निल्नाले पनि स्मरणशक्ति बढ्छ।

–दिनमा दुई चारपटक तुलसीको चारपाँच पटक पात चपाउने गर्नाले मुखबाट आउने दुर्गन्ध दूर हुन्छ। साथै तुलसीको नियमित सेवनबाट मुखका सम्पूर्ण रोग नष्ट हुन्छन्।

–तुलसीको पातको गोली बनाएर दाँत दुखेको ठाउँमा राख्नाले दाँतको पीडा कम हुन्छ। साथै तुलसीको रसमा मरिचलाई पिसेर त्यसको गोली बनाएर दाँतको बीचमा राख्नाले पनि दाँतको पीडा कम हुन्छ।

–पानीको मात्रा अनुसार हरिया तुलसीका पत्ताहरू हाल्नाले पानी शुद्ध एवं किटाणुरहित बन्छ। तुलसीको पातलाई छायाँमा सुकाएर फिटकिरी मिसाएर पिनेर तयार पारिएको झोलले घाउलाई निको बनाउन मद्दत मिल्छ।

–ज्वरो, आलश्यता, अरूचि आदि रोगको लागि तुलसीको पातको चिया बनाएर खानाले यी रोगहरू दूर हुन्छन्। तर यसको सेवन नियमित गर्नुपर्छ।

–सानासाना बच्चाको घाँटी असजिलो भएमा वा रूघाखोकीले सताएमा तुलसीको रस पिलाएमा आराम हुन्छ। साना बच्चाको पेट फुलेमा पनि उमेर अनुसार ५१० ग्राम तुलसीको रस खुवाउँदा आराम मिल्छ ।

–तुलसी पत्रलाई पानीमा उमालेर शरीरको दुखेको भागमा बाफ दिनाले दुखेको ठाउँमा आराम हुन्छ। तुलसीको रस लगाउने लामखुट्टेले टोकेको समेत आराम मिल्छ।

–स्त्रीको राजस्वलाको समयमा अत्याधिक रक्तश्राव भएमा वा रिगंटा लागेमा तुलसीको रसमा मह मिलाएर खानाले लाभ हुन्छ। साथै तुलसीको बिउमा जिराको चूर्ण र मिश्री मिलाएर साँझ बिहान दूधसँग पिउने गर्नाले पिसाबसम्बन्धी रोग दूर हुन्छ।

–हरेक दिन तुलसीको केही पत्ता चपाएर खाने गर्नाले रक्तशुद्धि हुनुको साथै सौन्दयवृद्धि पनि हुन्छ। -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button