Grace Computer Jawalakhel
अन्यसमाचार

नेपालमा पहिलो पटक ‘अम्ब्रेला स्ट्रिट’ -GoodNews24

चितवन । भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा रु तीन करोड खर्च गरी दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’ तयार पारिएको छ । सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्ये सो स्थलमा पहिलोपटक सो स्ट्रिट सञ्चालनको अन्तिम तयारी हुँदैछ ।

भरतपुर महानगरपालिका–२२ का वडा अध्यक्ष विष्णुराज महतोका अनुसार यही फागुन १ गतेबाट खाना महोत्सवसहित सो स्ट्रिट सञ्चालनमा ल्याइने छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय रु एक करोड, महानगरपालिका रु एक करोड ५० लाख र सोही वडाबाट रु ५० लाख गरी रु तीन करोडको लागतमा स्ट्रिट तयार गरिएको जनाइएको छ ।

विश्वका शहरसँगै रहेका समुद्रका छेउमा पर्यटकलाई आकर्षण गर्न अम्ब्रेला स्ट्रिट बनाउने गरिन्छ । नेपालमा पहिलो पटक पर्यटकलाई लक्षित गरी यहाँ स्ट्रिट तयार गरिएको हो । उहाँले भन्नुभयो,“नेपालमा पहिलोपटक थाइल्याण्ड मोरिससको वाकिङ स्ट्रिट, अम्ब्रेला स्ट्रिट, ट्रेकिङ रुट, बायोलिजकल रुटको अवधारण अनुसार अम्ब्रेला स्ट्रिटको निर्माण गरिएको हो ।”
करीब १० कठ्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४८० वटा ठूला फाइबरका छाता रहेका छन् । दुईवटा फुडकोर्ट, एउटा आइस्क्रिम पार्लरसहित पर्यटकको सुविधाको लागि यहांँ भ्यूपोइन्ट, रेष्टुरेन्ट, डेटिङ पोइन्ट, सेल्फिगेट, वाटर फाउण्टेन, पार्किङ रहेका छन् ।
हिँडेर अम्ब्रेला स्ट्रिटभित्र क्षेत्रमा पर्यटक जाने हुनाले यसभित्र सवारी साधन गुडाउन पाइने छैन । यसको नजिकै जिल्लाका सम्पूर्ण पर्यटकीय गन्तव्य हेर्न सकिने गरी एनिमेसन रुम, सार्वजनिक शौचालय, कार्यालय कक्ष, रेष्टुरेन्ट र त्यसमाथि ७० फिटको भ्यूटावर बनाउने योजना बनाइएको छ । विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको वडाअध्यक्ष महतोले जानकारी दिनुभयो ।
ती संरचना बनाउन थप रु तीन करोड ५० लाख लाग्ने भएकाले बजेटको खोजी भइरहेको जनाइएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अम्रेला स्ट्रिट तयार भएसँगै पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा नयाँ अभ्याससहित अम्ब्रेला स्ट्रिट बनाइएको र यहाँ आउने पर्यटकलाई बसाइँ लम्भ्याउन यस्ता गतिविधि आवश्यक रहने बताउनुभयो ।
प्रमुख पर्यटकीय गन्तव्य सौराहा, नजिकै रहेको राष्ट्रिय निकुञ्ज र मेघौलीसम्मको क्षेत्रको मध्यभागमा पर्ने भएकाले यस क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ । यहाँ थारु, बोटे र मगर जस्ता समुदायको सांस्कृतिक विविधता रहेको छ । ९० मिटरको लम्बाइमा छाता लहरै राखिएको छ । सो क्षेत्रबाट सहजै राप्ती नदी, चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्य देख्न सकिन्छ । यहांँ पर्यटकीयस्तरका १२ वटा र साना २० भन्दा बढी होटल र रिसोर्ट सञ्चालनमा छन् । यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुको साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्न सकिन्छ । महानगर प्रमुख दाहालले यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधारसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारमा महानगर जुटेको बताउनुभयो । भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न विभिन्न समितिमार्फत महानगरमा काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″]

[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3790″]

[irp posts=”3875″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button