समाचार

बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने-GoodNews24

Gobal IME Bank

काठमाडौँ, ५ असोज: बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताउनुभएको हो ।

बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउनलाग्दा सबै तर्फबाट सहयोग गर्न भारत तयार रहेको उहाँले बताउनुभएको हो । उहाँले रासायनिक मलको नियमित तथा दीर्घकालीन आपूर्तिका लागि भारत सधै तयार रहेको बताउनुभएको थियो ।

छलफलमा द्धिपक्षीय सम्बन्ध, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता लगायतका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिनुभयो ।

ढुवानीकालागि बोलपत्र आह्वान

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले कृषि मन्त्रालयलाई सापटीमा मल ल्याउने अनुमति दिएपछि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई जिम्मा दिएको छ । मन्त्रालयले अनुमति दिएसगैँ कृषि सामग्री कम्पनीले सात दिनको समय राखेर बोलपत्र (टेन्डर) आह्वान गरिसकेको छ । गत शनिबार बोलपत्र आह्वान भएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

गत पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा देशभर मल अभाव भएको थियो । किसानको मागअनुसार मल नआएपछि मन्त्रालयले बंगलादेशबाट सापटीमा मल ल्याउन लागेको हो । सापटीमा मल ल्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदसँग टेलिफोनमा कुरा भएको थियो ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button