Grace Computer Jawalakhel
समाचारसूचना प्रविधि

एनएमबि बैंकले ल्यायो वी च्याट पे

WeChat Pay!

चिनिया पर्यटक आकर्षित गर्न एनएमबि बैंकले ल्यायो वी च्याट पे !
चिनियाँ पर्यटकलाई आकर्षित गर्न एनएमबि बैंकले नेपालमा वी च्याट पे लोकप्रिय डिजिटल वालेट वी च्याट ल्याएको छ ।

चिनियाँ पर्यटकले अब नेपालमा सजिलै भुक्तानी गर्न सक्ने गरी एनएमबि बैङ्क सँगको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजिटल वालेट वी च्याट पे  आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको हो ।
यो सेवा नेपाली व्यापारीहरूका लागि धेरै उपयोगी छ ।

चिनियाँ पर्यटकले मर्चेन्ट्स लोकेसनमा राखिएको एनएमबि बैंक विच्याट पे क्यूआरमार्फत भुक्तानी स्क्यान गर्न सक्छन् । यो सुविधाले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्दा कुनै पनि सेवा किन्न वा लिन चाहेमा उत्कृष्ट अवसर प्रदान गर्छ । बैंकले यसबाट दुई राष्ट्रबीचको क्रस बोर्डर कारोबार सरल बन्ने विश्वास राखेको छ ।

नेपालका लागि चीनका राजदूत चेन सोङले वि च्याट पे कोड मार्फत स्थानीय व्यवसायीलाई कारोबार गर्न सहजता पुग्ने विश्वास व्यक्त गरे।
हाल देशभर २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टर मार्फत् सेवा प्रदान भइरहेको एनएमबि बैंकले जनाएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button