Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

आमाबुवाले बच्चाको अगाडी गर्न नहुने कुराहरु

Alert Parenting!

हरेक आमाबुवालाई आफ्ना छोराछोरीले राम्रो बानी व्यवहार सिकुन भन्ने आशा हुन्छ। आफ्ना बच्चाहरुले बाहिरका व्यक्तिसँग पनि राम्रो व्यवहार गरुन भन्ने इच्छा सबै अभिभावकको हुन्छ । तर कुनै पनि बच्चाको पहिलो स्कूल र शिक्षकशिक्षका भनेकै उनीहरुको आमाबुवा हुन् । आमाबुवाले गर्ने कार्यहरु बच्चाहरु कपि गरिरहेका हुन्छन् ।

धेरै पटक आमाबुवाले जानी नजानी बच्चाका अगाडि यस्ता काम गर्छन् जसको नराम्रो असर उनीहरुको बच्चामा पर्न जान्छ । आमाबुवाले गरेको व्यवहारका कारण बच्चाहरु पनि नराम्रो बानी व्यवहार देखाउन थाल्छन् । त्यसैले बच्चाका अगाडि गर्नै नहुने केही कुराहरु बारे जानि राखौँ ।

गाली गर्नु:
धेरै मानिसहरुमा कुनै कुरामा थोरै रिस उठ्दा पनि गाली गर्ने बानी हुन्छ। यसो गर्दा बालमष्तिस्कमा नराम्रो असर पर्न सक्छ । रिस उठेको बेला त्यस्तो नराम्रो शब्दहरु बोल्दा बच्चाहरुले पनि ति शब्द सिक्छन् त्यसैले रिस उठेको समयमा बच्चाको अगाडी कसैलाई पनि गाली गर्ने काम नगर्नुहोला ।

अल्छीपना:
बच्चाको अगाडि कहिल्यै पनि अल्छी भएर बस्नु हुदैन। यस्तो बानी बच्चामा एकदमै छिटो सर्ने गर्दछ ।

नाक कोट्याउने:
कुनै पनि मानिसको सबैभन्दा नराम्रो बानीनाक कोट्याउने हो । किनकी हामी खानाहरु खानलाई पनि त्यही हात प्रयोग गर्छौं । त्यसैले नाकलाई सफा गर्ने समयमा बाहेक अरु बेला बिनाकारण नाकमा हात लग्ने वा कोट्याउने गर्नु हुँदैन । यही बानी बच्चाहरुले पनि सिक्छन् । जो पछि गएर एउटा नराम्रो बानी बन्न सक्छ ।

रक्सी वा चुरोट:
रक्सी, चुरोटको सेवन गर्नु कसैका लागि पनि राम्रो होइन तर यदी तपाईंलाई यसको लत लागेको छ भने पनि बच्चाको अगाडि यस्ता कुराको सेवन गर्नु हुदैन बच्नुहोस् । किनकी कुनै पनि आमाबुवाले आफ्ना बच्चाहरु कुलतमा फसेको हेर्न पक्कै पनि रुचाउँदैन । त्यसका लागि तपाईं आफै पनि सतर्क हुन जरुरी हुन्छ ।

कुरा काट्नु:
यदी तपाईं फोनमा वा साथीभाईसँग बच्चाको अगाडि कुरा काट्ने गर्नु हुन्छ भने यस्तो बानीलाई तुरुन्त त्याग्नुहोस् । किनभने यसले तपाईंप्रति बच्चाको दृष्टिकोण नै नराम्रो बन्न सक्छ । अरुको बारेमा कुरा काटेर बस्ने बानीले बच्चा पनि त्यस्तै किसिको हुँदै जान्छ जुन सकारात्मक किसिमको बानि होइन। -Rabina Mangranti

अरू पनि पढ्नुहोस्:

गर्भवती अवस्थामा आएको चाया पोतोलाई ‘ग्लोआज्मा’ भनिन्छ

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button