समाचार

नाडा अनलाइन अटो शो हुने

Gobal IME Bank

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) र हाम्रो बजार डटकमबीच सहकार्यमा नाडा अनलाइन अटो शो हुने भएको छ । अनलाइन नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा २०८० असोज १८ गते बिहीबार नाडाको सचिवालय टेकुमा सम्म्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाण्डौको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरु बारे नाडा डट हाम्रोबजार डटकम nada.hamrobazaar.com मार्फत दैनिक रुपमा प्रसारण गर्नेछ ।

उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा. ध्रुव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गरेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button