मुख्य समाचारसमाचार

संयुक्त पहलबाट जलवायु परिवर्तनको असर कम गर्न विज्ञहरुको जोड

Gobal IME Bank

काठमाडौं । जलवायु परिवर्तनको असरलाई कम गर्न तीन वटै तहको सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
बिहीवार अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवसको अवसरमा विज्ञहरुले विश्वभर नै जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र न्युनिकरणका लागि नेपालले पनि विशेष चासो दिएर तीनै तहको सरकारले एक आपसमा समन्वयात्मक भुमिकामा काम गर्न आवश्यक रहेको बताएका हुन् ।

जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जलवायु परिवर्तनको असरलाई कम गर्न तीनै तहको सरकारले सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हाल ७५३ वटै पालिकामा विपद् जोखिम न्युनिकरण र व्यवस्थापन समिति बनेको उल्लेख गर्दै सरकारले ऐन, कानून बनाउने सबै काम सकेको भएपनि त्यसलाई कार्यान्वयनमा लैजान नसकेको बताउनु भयो । उहाँले सरकारले बनाएका नीति, नियमको कार्यान्वयनका लागि प्रविधि र पैसाको जरुरी रहेको पनि उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असरलाई कम गर्न सरकार एक्लै र कुनै एउटा क्षेत्रले मात्र नसक्ने भन्दै सबैको संयुक्त प्रयासबाट मात्रै जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संगठनात्मक हिसावले हामी धेरै तयारी अवस्थामा छौँ । विपद् जोखिम न्युनिकरण तथा प्राधिकरण गठन भएको छ, ७५३ वटै पालिकामा विपद् जोखिम न्युनिकरण र व्यवस्थापन समिति बनेका छन् । ऐन, बनेको छ, नीति बनेको छ, कार्यनीति बनेको छ, संरचनात्मक काम सबै भएको छ, कार्यान्वयनमा लैजान प्रविधि र पैसाको जरुरी रहेको छ । यसमा सरकार र सबै सरोकारवाला निकायको भुमिका छ । कुनै एउटा संस्थाले मात्रै जलवायु परिवर्तनको असरलाई कम गर्न सकिँदैन । संयुक्त प्रयास आवश्यक छ । सरकारले कुन संस्थासँग कस्तो विज्ञता छ, कस्तो विज्ञ कहाँ परिचालन गर्ने र केन्द्रदेखि स्थानीय सरकारसम्मको सहकार्यलाई बढाउन आवश्यक छ ।’

विज्ञ उप्रेतीले विगत १० वर्षको तथ्यांकलाई हेर्दा नेपालमा सबै विपद्जन्य घटनाको कुल क्षतिमा आधा क्षति जलवायु परिवर्तनका कारण भएको बताउनु भयो । उहाँले विगत १० वर्षको तथ्यांकअनुसार नेपालमा सबै खालका विपद्बाट ४५ अर्ब बराबरको क्षति भएको बताउनु भयो । विगत १० वर्षमा सबै खालका विपद्बाट १५ हजार मानिसले ज्यान गुमाएका, सबै खालका विपद्बाट २८ हजारजति पशुचौपायको क्षति भएको र ९ लाख जति भौतिक संरचनाहरु ध्वस्त भएको बताउनु भयो । जलवायु परिवर्तनका कारण मात्रै विगत १० वर्षमा २० अर्ब बराबरको क्षति भएको तथ्यांकले देखाएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण हालै कर्णाली र सुदूरपश्चिम प्रदेशमा अकल्पनीय घटनाहरु भएको बताउनु भयो । उहाँले असोज महिनामा आएका ठूला बाढी आउनु जलवायु परिवर्तनको असर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगत १० वर्षको तथ्यांकलाई केलाउने हो भने सबै खालका विपद्बाट ४५ अर्ब बराबरको क्षति भएको छ । सबै खालका विपद्बाट १५ हजार मानिसले ज्यान गुमाएका छन्, सबै खालका विपद्बाट २८ हजारजति पशुचौपायको क्षति भएको छ, सबै खालका विपद्बाट ९ लाख जति भौतिक संरचनाहरु ध्वस्त भएका छन् । जलवायु परिवर्तनको हिसावले मात्रै हेर्ने हो भनेपनि विगत १० वर्षको तथ्यांक हेर्दा २० अर्ब बराबरको क्षति भएको छ । जलवायु विपद्बाट मात्रै जम्मा विपद्को ५० प्रतिशत क्षति भएको छ । विश्वभर नै जलवायु परिवर्तनका कारण जुनकुनै पनि बेला नौला घटना भइरहेका छन् । विश्वभर नै यो अवस्था छ । दुई दिन अघि मात्रै सुदूरपश्चिम र पश्चिमी भागमा भएको क्षतिलाई हेर्ने हो भने प्रत्येक वर्ष घटना बढीरहेका छन् । असोजमा यति ठूलो बाढी देखेका थिएनौँ । असोजमा हिउँका कारण मानिसको मृत्यु र भौतिक संरचना भत्किएको देखेका थिएनौँ ।’

यस वर्ष ‘सबैको लागि पूर्व सूचना, सबैको लागि पूर्व कार्य’ भन्ने नारासहित विश्व अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवस मनाइँदैछ ।
नोटः यो समाचार सामग्री अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवसको अवसरमा हामीले बाइट लिएर बनाएका हौँ । तपाईले आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button