गुड न्यूज 24शिक्षा स्वास्थ

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस् – Good News 24

Gobal IME Bank

बद्लिंदो समय र २१ औँ शताब्दी मानिसका धेरै स्वभावहरूमा परिवर्तन आएको छ। संसारलाई सानो गाउँको रूपमा हेर्न थालेको छ। त्यस माथी पनि इन्टरनेट र सामाजिक संजालले सुचना र संचार तिब्रगतिमा फैलि रहेको छ। जसरी संसार तिब्रगतिमा रुपान्तरित भै रहेको छ। त्यसरी नै मानिसको सोच र व्यवहारहरू पनि परिवर्तन भैइरहेकोछ। तुलानात्मक रुपमा अहिलेको समाज दिनहुं व्यक्ति केन्द्रित हुंदै गएको पाइन्छ। समयको परिवर्तनसंगै समाज र व्यक्तिहरूमा साथी भाईको सम्बन्धहरूमा परिवर्तन आएको छ। साथी जस्तो पवित्र सम्बन्धलाई फाईदा र व्यफाईदामा तुलाना गरि हेर्ने युग भएको छ। सर्तहरूमा आधारित सम्बन्धहरूको कारण मानिस एक्लै एक्लै बाँच्नु पर्ने अहिलेको परिस्थिती सृजना भएको छ।

बदलिँदो अवस्थामा कस्तो किसिमको व्यक्ति तपाईंको खास मित्र (साथी ) हुन सक्छ ? केही बुंदाहरू

१, जस्ले सुधारको लागि भएपनि सिधा र इमानदारी पुर्वक कुरा भन्न सक्छ।

सबै मानिसका केही न केही कमजोरी हुन्छन। तपाईंको साथीले तपाईंको कमजोरी देखाउँछ वा देखिन्छ भने त्यस्तो अवस्थामा सुधारका कुरा उचित समय र परिस्थिति मिलाएर इमान्दारी पुर्वक भन्न सक्छ भने। बुझ्नुस त्यो साथीले तपाईंको भलो चाहान्छ। जस्ले सुधारका कुरा सिधा गर्न सक्छ ती व्यक्तिहरू साथी बनाउन असल हुन्छ। तिनिहरू रमाईला नहोला। अलिकति मन दुख्ला। रमाईला साथीहरूसंग समय बिताउन आनन्द हुन्छ तर कालन्तरमा त्यसले तपाईंलाई गन्तव्यहिन लक्ष्यबिहिनमा पुर्याउँछ। यो किसिमको मित्रता बाहिरबाट हेर्दा झिलिमीली देखिता पनि तपाईंको व्यक्तित्व बिकासमा बाधक हुने गर्छ। जस्तै भनाईछ चिनी धेरै खायो भने तितो हुन्छ त्यसैले रमाईलो मात्र गर्ने साथीहरू संधै असल हुन्छ भन्ने हुंदैन।

२, तपाईको सफलता देख्न चाहान्छ।

जसरी बिउ नरोपी बिरूवा उमार्न सकिदैन त्यसै गरि केही नगरि फल पाउन पनि सकिदैन। केही नगर्नु भनेको केही नपाउनु हो। कामै नगरी पाएको फलको स्वाद आन्नदले खाए बराबर हुंदैन। यदि आफ्नो साथी समुहमा कुनै लक्ष्य योजना, दर्शनको छलफल हुंदैन भने त्यस्तो साथी समुहबाट टाढा रहनु असल हुन्छ। तपाईंको साथी समुहका मानिसहरूले तपाईंको प्रगति र सफलता देख्न चाहान्छ भने र असल कुरा गर्न प्रेरणा दिन्छ, दुरदृष्टी राख्छ भने र त्यही अनुसार जिवन व्यवहार गर्छ भने ती साथीहरू तपाईंका असल मित्रहरू हुन। जसलाई तपाईंको सफलतामा उनिहरू पनि खुशी बन्छ।

३, अनावश्यक कुरामा चासो राख्दैन।

जो साथीहरू नितान्त व्यक्तिगत कुराहरूमा बाढी चासो राख्छ भने ती मित्रहरू देखि होसियार हुनु जरुरी छ। बिशेष गरि, रूपैया पैसा, पारिवारिक सम्बन्ध, स्रोत-साधन प्रति बढी चासो देखाउँछ भने त्यस्तो साथीहरू देखि टाढा बस्नु असल हुन्छ।

४, सत्यतालाई पछ्याउने।

तपाईंको असल मित्र त्यो हो जस्ले सत्यतालाई लिन सक्छ। सत्य बोल्न सक्छ। सत्यताको आचरण देखाउँछ। सत्यतामा हिड्ने प्रयास गरि रहन्छ। आफ्नो बारेमा सत्यतालाई प्राथमिकतामा राख्छ भने त्यो साथी तपाईंको लागी असल हुन्छ। सत्य मित्रले आफ्नो फाईदाको लागि अरूलाई प्रयोग गर्दैन। जसले आफ्नो फाईदाको लागि मित्रलाई प्रयोग गर्छ ती मित्रहरूले फेरि पुनः त्यही गल्ति गर्न सक्ने सम्भावना धेरै हुनाले केही चनाखो हुनु आवश्यक हुन्छ। मित्रतामा सत्यतालाई पछ्याउने तत्परता जहिले पनि हुन आवश्यक छ। सत्य तितो हुन्छ भने जस्तै। सत्य कुरा प्राय मानिसलाई मन पर्दैन। सत्य कुरा बोल्दा नमिठो लाग्न सक्छ। त्यस्ले घोच्छ, काट्छ, दुख्छ, तर यो जान्न जरूरी छ आखिर बनिने कुरा चै सत्यले नै गर्छ। झुटमा बाँच्नु भन्दा सत्यतामा रहेर जिउने कोशिस गर्दा शान्तिसंग बाँच्न सकिन्छ।

५, एक रूपता/ स्थिरता

आफ्नो मित्रको जीवन व्यहारमा एक रुपता छैन भने ब्यक्ति आफै पनि अलमल परेको हुन सक्छ र अरुलाई पनि अलमल र गोलमालमा पार्ने सम्भावना धेरै रहन्छ। आफैमा पनि एकरुपता र मित्रहरूमा पनि एकरुपताको खोजि गर्न जरुरी रहन्छ। जसरी जराबिना रूख अडिन सक्दैन त्यसैगरि व्यक्तिहरूमा पनि एक रुपतामा ल्याउन सक्दैन भने समस्यामा पर्ने जोखिम हुन्छ। अस्थिर साथीले अस्थिर अवस्थाको वातावरणको सृजना गर्छ। जस्ले गर्दा आफु मात्रै होइन अरूलाई पनि तनावमा पार्ने अवस्था रहन्छ। त्यसैले त्यस्तो अवस्थाबाट जोगिन आवश्यक छ।

६, तपाईंको कुरा सुन्न, लिन सक्ने,

आफ्नो कुरा सुन्न सक्ने, लिन सक्ने र बुझ्न सक्ने साथी पाउनु हिरामोती भन्दा असल हुन्छ। त्यस्तो साथी पाउनु आशिषित हुनु हो। त्यसैले तपाईंको साथी भाईले कस्तो किसिमको कुरा सुन्न तयार छ ? बेला बेला चेक जाँच गर्न जरूरी छ। साँचो साथी पाउन हिजोआजको समयमा निक्कै कठिन हुँदै गएको अवस्था असल तरिकाले सुनिदिने लिई दिने साथी हुन निक्कै जरूरी छ। जो साथीले तपाईंको कुरा सुनेको जस्तो मात्रै गर्छ त्यस्ले तिम्रो जीवनलाई अघि बढ्न सहयोग गर्दैन। त्यसैले हामीलाई ध्यान दिएर सुन्ने साथी बनाउन जरूरी। यो कुरा निक्कै चुनौतीपूर्ण छ। तर असम्भव भने छैन।

७, उत्साहदिन सक्ने,

मानिसको जिवन कहिले पनि एक धार बाट चल्दैन। जीवनको यात्राहरूमा धेरै कठिन, समस्या, परीक्षाहरू, संघर्षहरू, निराश र हताशको अवस्थाहरू आउने गर्छ। यस्तो अवस्थाहरूमा तपाइको साथीले  साँचो उत्साह दिन सक्दैन भने त्यस्ता साथीहरूबाट सकेसम्म टाढा बस्नु राम्रो हुन्छ। निराश भएको बेलामा मानिसलाई थोरै उत्साहले पनि धेरै काम गर्छ। त्यसैले हामीलाई उत्साह दिन साथी चाहिन्छ। हामीले गल्ति गर्दै गर्दा होसियार गराउने साथीहरू नै वास्तवमा असल साथीहरू हुन्। होसियार गर्दै गरेको समयमा हामीलाई त्यस्ता साथीको कुरा सुन्न मन लाग्दैन होला। मन दुख्छ होला तर असल कुरा बन्नको लागी ठोकेर, पिटेर, काटेर, घोटेर नै कुनै सुन्दर आकृति, वस्तु, संरचना बन्छ। यो सत्यतालाई बुझ्न जरूरी छ।

अन्तमा, सिद्ध  मानिस कोही छैन। सबै बन्ने र बनिने प्रकृयामा छौं। अरूबाट मात्रै अपेक्षा राखेर जीवन चल्न सक्दैन। जे कुरा अरूबाट आशा राखिन्छ। आफुबाट पनि त्यही अनुरूप व्यवहारमा देखाउन सकिए मात्रै हामी एक अर्को प्रति असल मित्र बन्न सक्छाैं।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button