मुख्य समाचारशिक्षा स्वास्थसमाचार

पेट फुल्ने र अमिलो डकार आउने समस्याबाट बच्न यी ५ कुरामा ध्यान दिनुहोस्

Gobal IME Bank

एजेन्सी । पेट फुल्नु, पेट भारी हुनु वा खाना खाएको केही बेरमा निद्रा लाग्नु हाम्रो शरीरमा खाना पच्ने प्रक्रियालाई ढिलो भएको लक्षणको रुपमा बुझ्नुपर्छ। यी समस्याहरूले स्वास्थ्यमा नराम्रो असर गर्नुका साथै दैनिक जीवनमा गरिने कार्यहरुमा पनि असर गर्छ । त्यसैले हामीले हाम्रो शरीरमा पाचन शक्ति बढाउन अति आवश्यक हुन्छ । यदि तपाइँ आफ्नो शरीरमा पाचन शक्तिलाई चाहनुहुन्छ भने, औषधिको सेवन नगरी पनि आफ्नो पाचन प्रणलि सुधार गर्न सक्नुहुन्छ, र यसका लागि तपाइँले खाना खाँदा खानाको आधारभूत नियमहरूलाई ध्यानमा राख्नु पर्छ ।

औषधीबिना पाचन कसरी सुधार गर्ने ?

खानाको आधारभूत नियम ५ साना बिन्दुहरु मिलेर बनेको हुन्छ । खाना खाँदा हरेक पटक यी कुरालाई ध्यानमा राख्नुभयो भने औषधिबिना नै पाचन प्रक्रियामा सुधार हुन्छ ।

१. बसेर खाना खाने
खाना खाँदा एकै ठाउँमा बसेर खानुपर्छ । उभिएर खाना खानु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । जब तपाईं घरमा हुनुहुन्छ, भुइँमा बसेर परम्परागत शैलीमा खाना खाने बानि बसाल्नुहोस् वा डाइनिङ टेबलमा बसेर खाना खाने गर्दा शरीरको लागि फाइदाजनक हुन्छ ।

२. खाना खाँदा मन शान्त राख्ने
मन शान्त हुनुको प्रत्यक्ष सम्बन्ध हाम्रो शरीरको पाचनसँग हुन्छ । किनभने शान्त दिमागले खाना खाँदा खाना पचाउन र शरीरमा पाचन शक्ति बढाउन आवश्यक हर्मोनको स्राव राम्रोसँग हुन्छ र एसिड–अल्कालीको सन्तुलन कायम रहन्छ ।

३. खाना राम्रोसँग चपाएर खाने
खाना सधैँ बिस्तारै खानुपर्छ र राम्ररी चपाएर खानुपर्छ । आयुर्वेदमा उचित पाचनका लागि खाना ३२ पटक चपाएर खानको लागि सल्लाह दिइएको छ । यद्यपि हामीलाई थाहा छ कि आजको समयमा सबैका लागि त्यसो गर्न सम्भव छैन तर तपाईले खानालाई राम्ररी चपाएर खानु पर्छ जसले गर्दा नरम खाना आन्द्रामा पुग्छ र यसो गर्नाले पाचन शक्ति पनि बढ्छ र खाना पच्नको लागि मद्दत मिल्छ।

४. मस्तिष्कलाई समय
तपाईले जे खानुहुन्छ, मस्तिष्कलाई त्यो खानाको सही मात्रा र पोषण आदि बुझ्न २० मिनेट लाग्छ तब मात्र तपाईको दिमागले तपाईलाई खाना पुगेको वा नपुगेको भन्ने संकेत दिन सक्षम हुन्छ । जब तपाइँ टिभी वा मोबाइल हेर्दै खाना बिस्तारै खानुहुन्छ, मस्तिष्कले तपाइँलाई तपाइँको आवश्यकता पूरा गर्ने संकेत दिन्छ, तर त्यतीबेलासम्म तपाईँले पुरा मात्रामा खाना खाएको हुनु हुँदैन । त्यसैले खाना खाँदा टिभी हेर्दै वा मोबाइल चलाउदै खाना खाने बानी बसाल्नु हुदैन ।

५. इन्जाइम र इन्द्रियहरूको प्रयोग
खानालाई राम्ररी चपाउँदा मुखमा उत्पादन हुने इन्जाइमले यसलाई पचाउन धेरै मद्दत गर्छ साथै, जब तपाईं आफ्नो सम्पूर्ण इन्द्रियहरू अर्थात् देख्न, गन्ध, अनुभव, स्वाद आदिका साथ खाना खानुहुन्छ, तब शरीरले यस खानाबाट पोषक तत्वहरू राम्रोसँग ग्रहण गर्न सक्छ र यसले पाचन प्रक्रियामा पनि सुधार गर्दछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button