Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

यौनाङ्ग स्वस्थ्य राख्न महिलाले जान्नै पर्ने आठ कुरा

१. सार्वजनिक शौचालय जहाँ ड्याप्पमा बसेर शौच गर्नुपर्छ, त्यस्ता शौचालय प्रयोग गर्दा टिस्यू पेपर अथवा रुमालको प्रयोग गर्नु राम्रो हुन्छ । त्यसो गर्दा कमोटमा अर्थात सतहमा रहेका किटाणुहरु शरीरमा पुग्दैन् ।

२. धेरै समय बाहिरी वातावरणमा काम गर्दा गर्मी हुन्छ यौनाङ्गमा संक्रमण हुन सक्छ । त्यसैले त्यस्ता महिलाले दिनहुँ यौनाङ्ग सफा गर्ने गर्नुपर्छ र हावाको प्रवाह बढाई सुख्खा हुन दिनु पर्छ ।

३. कटन तथा सूतीका भित्री बस्त्र को प्रयोग गर्नुस् । यसले यौनाङ्गमा उचित भेन्टीलेसन दिन्छ र संक्रमणबाट बचाउँछ । सिन्थेटिक अन्डरवेयर प्रयोग नगर्नुस् ।

४. यौनसम्पर्क अथवा हस्तमैथुनको समयमा उपकरण, औजार, सेक्स टोय को प्रयोग गर्नुहुन्छ भने यस्ता उपकरणहरुको सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ । यस्ता उपकरणको तातो पानी र साबुनको प्रयोग गरी नियमति सफा गर्नुस् ।

५. कसिलो खालको भित्री तथा बाहिरी बस्त्र प्रयोग नगर्नुस् । खुकुलो बस्त्रले हावाको प्रवाह बढाई संक्रमण हुनबाट बचाउछ ।

६. यदि यौन क्रियाकलापमा भाग लिनु भएको छैन भने पनि निरन्तर आफ्नो यौनाङ्गको स्वास्थ्यको विषयमा परामर्श लिइराख्नुस् ।

७. यौनक्रियाकलापमा निरन्तर सहभागी हुनुहुन्छ भने यौन स्वास्थ्यको विषयमा अझ बढी ध्यान दिनु जरुरी हुन्छ । निरन्तर परीक्षण र परामर्श खोज्नुहोस्स र
सक्नुहुन्छ भने त्यसको परीक्षण आफ्नो यौनसाथीलाई पनि गराउनुहोस् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button