गुड न्यूज 24समाचार

विश्वको सबै भन्दा होचो व्यक्ति ‘इसमाइल गादरजादे’, विश्व घुम्ने इच्छा

Gobal IME Bank

एजेन्सी । गत हप्ता बिहिवार आफसिन इसमाइल गादरजादेलाई गिनिज वल्र्ड रेर्कडले आधिकारीक रुपमा विश्वको सबै भन्दा होचो व्यक्ति भनेर घोषित गरेको छ ।

इरानको २० बर्षका आफसिनले दुबईको गिनिज वल्र्ड रेकर्डको अफिसमा गएर यो टाइटल हासिल गरेका हुन् । आफसिनको हाइट २ फिट १.६ इन्चको मात्र रहेको छ । रेकर्ड राख्ने संस्थाले आफसिनको हाइट ३ पटक नापेको थियो ।
पछिल्लो रेकर्ड होल्डर ३६ बर्षे एडवर्ड “ निनो ” हेरनानडेज जो कोलम्बियाको नागरिक हुन् आफसिन निनो भन्दा ७ सेन्टिमिटर होचो छन् ।

आफसिन भन्छन् “ गिनिज वल्र्ड रेकर्डको परिवारको हिस्सा हुँदा सपना जस्तो महसुस भइरहेको छ । मलाई कुनै बेला विश्वास गर्न गाह्रो भई रहेको छ । ” आफसिन इरानको सानो गाँउमा हुर्के बढेका हुन् । उनको तौल जन्मिदा ७०० ग्राम मात्र थियो र अहिले उनको तौल ६.५ किलोग्राम छ । उनको जिवन सहज थिएन किनभने आफसिन साइजको कारणले गर्दा स्कुल जान पाएका थिएनन् । तर पनि अहिले आफ्नो नाम मात्र लेख्न जानेको कारण पनि उनी निकै खुसी छन् ।

उनी दयालु र घुमफिर गर्न मनपराउने स्वभावका छन् । उनी आफ्नो गाँउको छिमेकी र साथीहरु माझ निकै पपुलर छन् । उनको परिवार र छिमेकीहरु उनलाई “ मोहम्मद ” भनेर बोलाउने गर्छन् ।

आफसिनलाई कार्टुन हेर्न निकै मन पर्छ उनको सबै भन्दा मनपर्ने कार्टुन “ टम एण्ड जेरी ”हो । आफसिन खेलकुद खेल्न सक्दैनन् तर उनलाई नाच्न एकदमै मन पर्छ । उनलाई इरानियन कुर्दिस संगितमा नाच्न मन पर्छ । आफसिनको सपना आफ्नो आमा बुवालाई मद्दत गर्न र राम्रो जीवनयापन गराउने हो । उनको विश्व भरीको सबै देशहरु घुम्ने इच्छा छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button