अन्यसमाचारसूचना प्रविधि

विमानस्थलमा यती एअरको विद्युतीय भ्यान

Gobal IME Bank

काठमाडौं ।   यती एअरलाईन्सले काठमाडौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । कम्पनीले वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई अझ बलियो उक्त कार्य गरेको हो । अमेरिकी वातावरण संरक्षण निकाय (युएसईपीए)को एक शोधका अनुसार एउटा सामान्य यात्रु वाहक सवारी साधनले वार्षिक ४ दशमलव ६ टनका दरमा कार्बनडाइअक्साइड ग्याँस उत्सर्जन गर्छ ।

yati airline

विद्युतीय सवारी साधनको प्रयोगले वातावरण संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा यती एयरलाइन्सले लिएको छ । यो सुरुवातले सकारात्मक प्रतिक्रिया पाए पेट्रोलबाट चल्ने विद्यमान सबै (२० वटै) भ्यानलाई महिन्द्रा इ–सुप्रो विद्युतीय भ्यानले स्थानान्तरण गर्ने योजना यती एयर लाइन्सको रहेको छ ।

यती एअरलाइन्सका कार्यकारी निर्देशक चन्दा शेर्पा र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले शुक्रवार एक समारोह बिच विद्युतीय भ्यान प्रयोगको सुरुवात गरे । ‘विद्युतीय भ्यानको सुरुवात कार्बन न्युट्रलिटीप्रति हाम्रो प्रतिबद्धता जाहेर गर्ने एउटा अवसर भएको यति एअरलाइन्सका प्रबन्ध निर्देशक चन्दा शेर्पाले बताईन । उाले भनिन, ‘वास्तवमा कार्बन न्युट्रलिटी वातावरण संरक्षणको दिशामा हाम्रो इमान्दार र व्यवहारिक प्रयत्न हो ।एउटा सकारात्मक परिवर्तनको अग्रज बन्न पाउँदा हामी गौरवान्वित छौं । हामीलाई विश्वास छ,यसले सबैलाई हाम्रो पृथ्वीको रक्षार्थ चेतनशिल कदम चाल्न उत्प्रेरणा दिनेछ ।’

yati airlines

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button