प्रेम, विवाह, याैनसमाचार

खानेकुराहरू जसले सेक्स ड्राइभ बुस्ट गर्छ !

Gobal IME Bank

काठमाडौँ । पुरुष र महिलाहरूमा विभिन्न प्रकारका तनाव, पोषक तत्वको कमी र स्वास्थ्य अवस्थाबाट पीडित हुन्छन् जसले यौन इच्छालाई कम गर्न सक्छ । यसले गर्दा तपाईंको आत्मसम्मान र मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ । तर तपाईंको आहारमा सुधार गरेर प्राकृतिक तरिकामा तपाईंको सेक्स ड्राइभ बढाउन सम्भव छ ।

केही अध्ययनहरूले संकेत गरेको छ कि टेस्टोस्टेरोन स्तर जिंक र भिटामिन बी द्वारा बढ्ने गर्छ , जुन केही खानाहरूमा पाइन्छ। के के रैछन त त्यस्ता खानेकुराहरु जसले तपाईंको सेक्स ड्राइभ बढाउन सहयोग गर्छन् ? जानी राखौँ ।

  1. खरबुजाः वाटरमेलनमा (खरबुजा) एल सिट्रुलिन नामक अमिनो एसिड पाइन्छ जसले यौन अंगहरूमा रक्तसञ्चारलाई बढाउँछ । यसले पुरुषहरुमा हुने इरेक्टाइल डिसफंक्शन कम गर्न मद्दत गर्दछ र महिलाहरुमा पनि सेक्सुएल ड्राइभ बढाउने गरेको मानिन्छ ।
  2. सेलफिसः क्रयाब, स्रिम्प, प्राउन र अन्य सेलफिसहरुमा जिंक पाइन्छ जसले हार्मोन ब्यालेन्स गर्न मद्दत गर्छ । यसले यौन चाहना बढाउने सहयोग गर्छ ।
  3. लसुनः लसुनमा प्रचुर मात्रामा एलिसिन नामक तत्व हुन्छ जसले पनि यौन अंगहरूमा रक्तसञ्चारलाई बढाउँछ । यसले अन्य खानेकुरामा मिसाए खाँदा यसले यौन इच्छा (सेक्स ड्राइभ) बढाउने गरेको पाइन्छ ।
  4. एभोकाडोः भिटामिन बी ६ र फोलिक एसिडले भरिएको एभोकाडोले शरीरको ईन्धन र ऊर्जा बढाउन मद्दत गर्दछ। भिटामिन बी ६ ले पुरुषहरूमा हार्मोन उत्पादन गर्न मद्दत गर्ने गर्छ , जुन बलियो सेक्स ड्राइभको लागि महत्वपूर्ण छ।
  5. स्ट्रबेरी र रास्पबेरीः यी फलहरूको बीउमा जिंक हुन्छ जुन महिला र पुरुष दुवैको लागि यौनको लागि आवश्यक हुन्छ। यदि महिलाको शरीरमा जिंकको मात्रा बढी हुन्छ भने यौनसम्पर्कका लागि तयारी गर्न सजिलो हुन्छ । पुरुषहरूमा, जिंकले टेस्टोस्टेरोन स्तरलाई नियन्त्रण गर्छ जुन शुक्राणु उत्पादनको लागि जिम्मेवार हुन्छ।
  6. डार्क चकलेटः डार्क चकलेट खाँदा सेरोटोनिन र इन्डोरफिन नामक हर्मोन रिलिज गर्छ जसले तपाईको मुड र सेक्सुयल डिजाएर लाई बुस्ट गर्न मद्दत गर्छ ।
  7. कफीः दैनिक एकचोटि १ कप कफी खानाले पनि सेक्स ड्राइभ बुस्ट गर्न मद्दत गर्छ । तर यदि अधिक मात्रामा कफी खाएमा यसको उल्टो असर गर्न सक्छ ।
  8. अण्डाः अण्डामा एमिनो एसिड एल आर्जिनिन हुन्छ जसले इरेक्टाइल डिसफंक्शनलाई सुधार गर्न सक्छ।
  9. आरुः आरुमा पाइने भिटामिन सी ले शुक्रकीटको संख्या र शुक्रकीटको गुणस्तर सुधार गर्छ। पीचमा भिटामिन सी को उच्च स्तर हुन्छ जुन बांझपन कम गर्नको लागि उत्कृष्ट छ।
  10. ओखरः ओखरले शुक्राणुको गुणस्तर सुधार गर्छ। यो शुक्राणु को आकार, चाल र जीवन शक्ति सुधार गर्न जानिन्छ। प्रजनन क्षमता बढाउन आफ्नो आहारमा ओखर समावेश गर्नुहोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button