शिक्षा स्वास्थसमाचार

के हुन् योग गर्नुको फाइदा र बेफाइदाहरु ? पढ्नुहोस्…

Gobal IME Bank

काठमाडौँ । साधारण भाषामा भन्नुपर्दा योगा शरीर र मस्तिष्क यी दुई तत्वहरुको युनियन हो । योगाको अभ्यास प्रचिन काल देखि हुँदै आइरहेको छ ।

योगाको उत्पति भारतमा भएको विश्वास गरिन्छ । योग अभ्यासको इतिहास ५,००० वर्ष पुरानो हो । आयुर्वेदको अनुसार योग अभ्यासमा विभिन्न तरिका अपनाएर शरीरलाई स्ट्रेच, सास फेर्ने टेक्निक र विभिन्न योगा आसनको अभ्यास गरिन्छ जसले हामीलाई अध्यात्किम ज्ञान प्राप्त गर्न मद्दत गर्छ ।

अहिले योगाको अभ्यास धेरै देशहरुमा गरिन्छ । धेरै योगा इन्सटिट्युटहरुले आजकल योगा अभ्यास गर्नको लागि सुझाव दिने गर्छन् । मेडिकल एक्सपर्टहरु पनि योगा अभ्यासको बारेमा ज्ञान दिइरहेका हुन्छन् ।

विभिन्न मेडिकल रिसर्चरहरुले हरेक दिन योगा अभ्यास गर्दा हुने फाइदा र बेफाइदाहरुको बारेमा रिसर्च गरिरहेको हुन्छन् । योगाको फाइदा बेफाइदाहरु बारे पढ्नुहोसः

फाइदाहरु

१) योगाले आरथ्राइटिस्टको उपचार गर्छ
हाम्रो शरीरलाई आवश्यकता पर्ने लचकता योगाको माध्यमबाट प्राप्त हुन्छ भन्ने कुरा मेडिकल्ली प्रमाणित भएको छ । योगा गर्दा हाम्रो शरीर राम्रो सँग चल्छ र आरथ्राइटिस र ओस्टियो आरथ्राइटिस जस्ता रोगहरु लाग्ने सम्भावनालाई कम गर्छ । आरथ्राइटिसको बिरामीहरुले फरक फरक योगा आसन हरेक दिन गर्दा उनीहरुको लागि फाइदाजनक हुन्छ । हरेक योगा आसन आरथ्राइटिसको बिरामीहरुको लागि हुँदैन त्यसैले योगा इन्सट्रक्रटले सिकाएको योगा आसन गर्ने ।

२) योगा सबै उमेरका मानिसको लागि फाइदाजनक हुन्छ
योगा बच्चा, वयस्क र वृद्व हरेक व्यक्तिहरुले गर्न सक्छन् र यो उनीहरुको स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । योगा गर्नको लागि निश्चित उमेरको हुनु पर्दैन कतिपय विद्यालयले योगा अभ्यास आफै पनि सिकाउने गरेको छ । जति सानो उमेरमा योगा अभ्यास गरिन्छ उति नै मानिसहरुको लागि फाइदाजनक हुन्छ । हरेक उमेर समुहको लागि फरक फरक लेभलको योगा अभ्यास हुन्छ । विभिन्न स्टडीहरुले पत्ता लगाएको छ कि योगा वृद्वहरुको स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ किनभने उमेर ढल्किएसँगै उनीहरुमा हड्डी र जोर्नि सम्बन्धित विभिन्न स्वास्थ्य समस्याहरु आउने गर्छ र प्रतिरक्षा प्रणालि पनि कमजोर हुदै जान्छ त्यसैलै योगा गर्नु उनीहरुको लागि निकै फाइदाजनक हुन्छ ।

३) योगाले एन्जाइटि कम गर्छ
योगाले मस्तिष्क, शरीर र आत्मालाई प्रभाव पारिरहेको हुन्छ । योगा मस्तिष्क र शरीरको अभ्यास हो जसमा शरीर र मस्तिष्कलाई एकिकृत गर्ने विभिन्न किसिमको अभ्यास गरिन्छ । योगा अभ्यास गर्दा हाम्रो शरीर र मस्तिष्क दुवै अनुशासनमा आइरहेको हुन्छ यसकारण हाम्रो शरीर र मस्तिष्कले शान्ति प्राप्त गरिरहेको हुन्छ । यसकारण हामी रिल्याक्स महसुस गर्छौ र हाम्रो तनाव र एन्जाइटि पनि हामी म्यानेज गर्न सक्षम हुन्छौ । योगा सासलाई नियन्त्रण गरेर वा प्रणायाम योगा आशन गरेर मेडिटेसनको सहायताले हाम्रो पुरै शरीर , हाम्रो मनोभाव र हाम्रो होसलाई एकिकृत गर्ने राम्रो माध्यम हो । हठयोग तनावलाई व्यवस्थापन गर्ने राम्रो योगा आसन हो र यो प्राय सबैले गर्ने योग आशन पनि हो ।

४) योगाले हाम्रो फोकस पनि राम्रो बनाउँछ
विद्यार्थीहरुको लागि योगा एकदमै राम्रो हो । योगाको केही आशन अभ्यास , सास फेर्ने अभ्यास र मेडिटेसनले हाम्रो ध्यान केन्द्रिन गर्नको लागि मद्दत गर्छ । क्रिया र मुद्रा आशन जस्ता यौगिक अभ्यासले हाम्रो मेमोरी बढाउन मद्दत मिल्छ जसको कारणले गर्दा विद्यार्थीहरुको पढाईमा सुधार आउँछ । योगाले मेमोरी र फोकस बढाउनुका साथै यदि कसैलाई चिडचिडापन धेरै हुने समस्या छ भने त्यसलाई पनि कम गर्नको लागि मद्दत मिल्छ ।

५) खेलाडीहरुको लागि योगा राम्रो हो
योगा अभ्यास गर्दा खेलाडीहरुमा स्टामिना र इम्यूनिटि राम्रो हुन्छ जसको कारणले गर्दा उनीहरुले स्पोर्ट र जिममा पनि राम्रो प्रदर्शन गर्न सक्छन् । धेरै प्रख्यात खेलाडीहरुको दैनिक योगा व्यायाम गर्ने गर्छन् ।

६) योगाले शरीरलाई छिटो रिकभर गर्नको लागि मद्दत गर्छ
जिममा गरिने कडा व्यायाम भन्दा योगाको सजिलो देखि जटिल किसिमको व्यायामले बाहिर शरीर मात्र नभएर भित्री अंगहरुमा पनि काम गरिरहेको हुन्छ । योगाले शरीरको साथै भित्री अंगहरुलाई पनि धेरै लाभ प्रदान गरिरहेको हुन्छ । हाम्रो कलेजो , मुटु र मृगौलाको मेकानिजममा सुधार गरिरहेको हुन्छ । योगाले हाम्रो शरीर र मस्तिष्क दुबैलाई शान्त र रिल्याक्स हुनको लागि मद्दत गरिरहेको हुन्छ । हाम्रो शरीर र मस्तिष्क एकै समयमा सक्रिय हुनुका साथै आराम पाइरहेको हुन्छ । त्यसैले हाम्रो शरीर र मस्तिष्क छिटो रिकभर भई रहेको हुन्छ ।

योगाको केही बेफाइदाहरु पनि छन् । योगाको मुख्य बेफाइदा शारीरीक चोट हो । यो प्राय लापरवाही र योगाको मुद्राको बारेमा पुर्ण जानकारी नलिइ गर्ने व्यक्तिहरुमा यस्तो चोटहरु लागि रहेको हुन्छ ।

बेफाइदाहरु

१) शारीरीक जोखिम
यदि तपाई कुनै पनि किसिमको सर्जरी वा मेडिकल ट्रिटमेन्ट भई रहेको छ भने योगा व्यायाम गर्दा शरीर छिटो निको हुँदैन यस्तो अवस्थामा योगा अभ्यास गर्दा अझ धेरै पीडा हुन सक्छ । इन्टरनेशनल जर्नल अफ योगा थेरेपि २००८ मा प्रकाशित गरिएको जर्नलमा अष्टाङ्ग योगा आशन अभ्यास गर्ने ६२ प्रतिशत व्यक्तिहरुले मस्कुलोस्केलेटल (हड्डी , कार्टिलेज , लिगामेन्ट र कनेक्टिभ टिस्यु )इत्यादिमा समस्या आएको बताएका थिए । योगाको अरु नकारात्मक असर ढाडको समस्या , मांसपेशीको समस्या र मोतिबिन्दुमा जटिलता इत्यादि हुन् ।

२) योगाले रक्तचाप बढाउन सक्छ
योगा स्वस्थ र फिट रहने माध्यम भए पनि टेलिग्राफले पत्ता लगाएको तथ्य र निष्कर्ष अनुसार योगाले कार्पेल टनल सिस्टम , जोड्नीलाई क्षति पुर्याउने र टेन्डिनाइटिस इत्यादिमा समस्या आउन सक्छ । योगाले रक्तचाप पनि बढाउने काम गर्छ त्यसैले रक्तचाप पहिले नै उच्च भएको बिरामीहरुको लागि योगा व्यायाम जोखिमपुर्ण हुन सक्छ ।

३) स्ट्रोकको जोखिम
” द न्यासनल सेन्टर फर कमप्लिमेन्टरी एण्ड अल्टरनेटिभ मेडिसिन ” को अनुसार योगा व्यायाम अत्यधिक गर्दा स्ट्रोक र नर्भ ड्यामेज हुने जोखिम बढ्छ । यस्ता जोखिमबाट बच्नको लागि सुरुवातमा सर्टिफाइड योगा प्रशिक्षकको सहायता लिनु पर्छ ।

४) बिक्रम योगा सबैको लागि होइन
बिक्रम योगा १०५ डिग्रिका तापक्रममा गरिने योगा हो र मुटुको समस्या भएको व्यक्तिहरुले यो योगा अभ्यास गर्नु हुदैन । बिक्रम योगाको बेफाइदा भनेको डिहाइडे«सन , रिंगटा लाग्ने र थकान हुने इत्यादि हुन् यो सबै व्यक्तिलाई फाइदा गर्ने योग व्यायाम होइन ।

अनुभवहीन योगा प्रशिक्षकको सहायता लिई वा योगाको बारेमा आफुले पनि धेरै जानकारी नभई योगा व्यायाम गर्दा शरीरको लागि जोखिमपुर्ण हुन सक्छ । योगा व्यायाम गर्दा नाडी , घाँटी , स्पाइनल र कुममा चोट लाग्नु भने साधारण हो । आफ्नो योगा प्रशिक्षकलाई योगाको र योगा आसनको बारेमा राम्रो ज्ञान , जानकारी भएको र योगा आसन राम्रो सँग गर्न सिकाउने प्रशिक्षक सँग मात्र योगा व्यायाम गर्ने । घरमा नै योगा गर्न सुरु गर्ने हो भने सरल योगा आसनबाट योगा अभ्यास गर्न सुरु गर्ने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button