शिक्षा स्वास्थसमाचार

योगा गर्नुअघि खानुहोस् यी कुरा

Yoga Tips!

Gobal IME Bank

काठमाडौँ। मानिसहरु शरीरलाई फिट राख्नका लागि व्यायाम वा योगा गर्ने गर्छन्, तर यसको फाइदा तब मात्र हुन्छ जब तपाईले व्यायाम वा आसनहरु राम्ररी गर्नुका साथै राम्रो आहार सेवन गर्नु हुन्छ। यदि तपाईले योगा गर्नुभयो भने, यसले तपाईको शरीरलाई स्वस्थ राख्छ र तपाईको मस्तिष्कलाई पनि शान्त राख्छ। तर, योगा गर्नु भन्दा अगाडी र पछि के खाने भन्ने कुरामा ध्यान दिनुपर्छ  जसले गर्दा त्यसको पूर्ण लाभ लिन सकिन्छ ।

योग गर्नु अघि के खाने ?

धेरैजसो मानिसहरू खाली पेट योगा गर्न रुचाउँछन्, तर यदि तपाईले हल्का किसिमको खाजा खाने गर्नु पर्छ । योगा गर्नुभन्दा कम्तिमा दुईदेखि साढे दुई घन्टा अघि बिहानको खाजा खानु राम्रो हुन्छ । क्यालोरी युक्त ब्रेकफास्ट खानुहोस्, जसले योग गर्दा ऊर्जा मिल्छ ।

योगा गर्नु भन्दा अगाडी केरा खान सकिन्छ । यसमा प्रशस्त मात्रामा फाइबर र पोटासियम पाइन्छ । जसले योगा गर्दा ऊर्जा मिल्छ। साथै यसमा पाइने म्याग्नेसियमले मांसपेशी दुख्नबाट पनि बचाउँछ ।

ओटमिल वा प्रोटिन शेक पिउनु पनि फाइदाजनक हुन्छ । यसले तपाईलाई ऊर्जावान राख्छ र योगा गर्दा थकान महसुस हुनेछैन । योगा गर्नुअघि ड्राई फ्रुट र नट्सको सेवन गर्नु पनि फाइदाजनक हुन्छ । यसका लागि बदाम र किशमिश पनि खान सकिन्छ । जसबाट ऊर्जा प्राप्त हुनेछ।

योगा गर्नुअघि शरीरलाई हाइड्रेटेड राख्नु अति आवश्यक हुन्छ किनभने योगा गर्दा धेरै पसिना आउँछ र शरीरमा पानीको कमी हुन्छ। त्यसैले योग गर्नुअघि पर्याप्त मात्रामा पानी पिउनुहोस्।

योगा पछि के खाने ?

योगा गरेपछि कम्तिमा ३० मिनेटसम्म केही पनि खानु वा पिउनु हुँदैन । कम्तिमा एक घण्टा पछि तपाईले उच्च क्यालोरी भएको ब्रेकफास्ट गर्न सक्नुहुन्छ। जसमा अण्डा, रोटी, दही, पराठा, अनाज, तरकारी, नट, हरियो चिया, सुन्तला आदि समावेश गर्न सकिन्छ। योगपछि प्रोटिन र कार्बोहाइड्रेटयुक्त खानेकुरा खाँदा शरिरको लागि लाभदायक हुन्छ । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button