Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

धेरै आभिभावकहरुमा बच्चाहरुलाई के को तनाव हुन्छ र ? भन्ने सोच हुन्छ

Young people getting depression!

किशोर किशोरीमा चिन्ता, डिप्रेसन र आत्महानि गर्ने समस्या अहिले बढि रहेको छ। यूकेका बाल परोपकारी संस्थाहरूका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर सहयोग खोज्दै आउने किशोरकिशोरीहरूको सङ्ख्या बढिरहेको छ।

अत्यधिक शैक्षिक र सामाजिक दबावले किशारकिशोरीहरु आफ्नै जीवनको अन्त्य गर्ने सोचमा पुग्ने गर्छन् । सामाजिक सञ्जालले पनि किशोरकिशोरीको मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव पारिरहेको छ ।

मानसिक स्वास्थ्य सम्बन्धी समस्या भोग्ने र सहयोग खोज्ने धेरै छन् तर नेपाली समाजमा मानसिक स्वास्थ्यलाई नकारात्मक रुपमा हेर्ने कारण किशोर—किशोरीहरु यसको बारेमा आफ्नो अभिभावक सँग पनि कुरा गर्दैनन् ।

गम्भीर चिन्ता, डिप्रेसन, आत्महत्या वा आत्महत्याको प्रयास गर्ने धेरै घटनाहरू बढेको छ र यो गम्भिर अवस्था हो । सामाजिक सञ्जाल यि घट्नाहरुको एक प्रमुख समस्या हो। सामाजिक सन्जालमा दुर्व्यवहारको कारणले गर्दा मानसिक असर पर्ने गर्छ । अहिलेका बालबालिकाको सामाजिकीकरण सामाजिक सञ्जालमा केन्द्रित छ। लकडाउनका कारण पनि त्यो सङ्ख्या उच्च भएको हो । सामाजिक सञ्जालले जीवनको धेरै नराम्रो पाटो देखाउँछ र शारीरीक, मानसिक दुबैका लागि यो स्वस्थ छैन।

प्राय मानिसहरुले मानसिक स्वास्थ्यलाई धेरैले हल्कामा लिने गरेका छन्। कहिलेकाहीँ मानसिक स्वास्थ्यसँग सम्बन्धित रोगलाई लिएर मानिसहरुले मजाक पनि बनाउने गरेका छन्। यद्यपि मानसिक स्वास्थ्य निकै गम्भीर तथा संवेदनशील विषय हो। यस विषयमा गम्भिरतापुर्वक कुराकानी गर्न आवश्यक भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण हुन्छ। किशोरकिशोरीमा हुने मानसिक समस्या केवल मुड स्विङ मात्र होइन त्यसैले अभिभावकले पनि यस कुरामा ध्यान दिनु पर्छ । किनकी यसले गर्दा किशोरकिशोरकिो पुरै जिवन खराब पनि हुन सक्ने जोखिम हुन्छ । विभिन्न रिसर्चहरुले पत्ता लगाएका छन् कि धेरै समय सामाजिक सन्जालमा बिताउने किशोरकिशोरीहरुमा डिप्रेसनको जोखिम ज्यादा मात्रामा हुन्छ ।

डिप्रेसनको उपचार नहुदा धेरै क्षति हुने जोखिम हुन्छ त्यसैले  डिप्रेसनको  लक्षण देखिएमा तुरुन्त परामर्शको लागि जान आवश्यक हुन्छ । यदि आमाबाबुलाई आफ्नो बच्चामा डिप्रेसनको लक्षण देखिएमा यसको बारेमा आफ्ना बच्चाहरु सँग मायाले कुरा गर्नु पर्छ र उनीहरुले अनुभव गरि रहेको कुरालाई  आलोचना  गर्नु हुदैन ।

मानसिक रुपमा संघर्ष गरिरहेको किशोरकिशोरीको कुरालाई ध्यान दिएर सुन्ने गर्ने र उनीहरुलाई उल्टो लेक्चर सुनाउने काम गर्नु हुदैन र आलोचना पनि गर्नु हुदैन । पहिलो पटक नै उनीहरुले यसको बारेमा खुलेर कुरा गरेनन् भने पनि निराश नहुनुस किनभने डिप्रेसनको बारेमा कुरा गर्नु बच्चाहरुको लागि पनि चुनौतीपुर्ण हुने गर्छ । त्यसैले अभिभावक यसबारे धैर्यताका साथ प्रतिक्षा गर्नु पर्छ । उनीहरुको पिडालाई बुझने प्रयास गर्नु पर्छ र उनीहरुको भावनालाई स्विकार गर्नु पर्छ । धेरै आभिभावकहरुमा बच्चाहरुलाई के को तनाव हुन्छ र ? भन्ने सोच हुन्छ तर यस्तो सोचेर डिप्रेसनलाई बेवास्ता गर्दा गम्भिर अवस्था उत्पन्न हुन सक्छ । त्यसैले बच्चाले आफुलाई केही भएको छैन भने पनि, धेरै रिसाई रहने, चिडचिडापन महसुस गरिरहने, र अरु सँग धेरै घुलमिल हुन नखोज्ने आदि लक्षण देखिएमा तुरुन्त मानोवैज्ञानिकको पराभर्शका लागि बच्चालाई लाने अत्यावश्यक हुन्छ । -Rabina Mangranti

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button