अन्यमनोरञ्जन

आज सागको उद्घाटन

Gobal IME Bank

१५ मंसिर, काठमाडौं । आज उद्घाटन हुने १३औं दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताको औपचारिक उद्घाटनको पहिलो दिन चारओटा विभिन्न खेलहरुको आयोजना हुदैछ । साग भलिबल प्रतियोगिता भने गत बुधबारबाटै सुरु भईसकेको छ । औपचारिक उद्घाटनको पहिलो दिन आज काठमाडौंमा भलिबल, कराँते र खोखोको खेल सुरु हुनेछ भने पोखरामा ब्याडमिण्टनको खेल हुने कार्यक्रम छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भारत र श्रीलंकाबीच पुरुष भलिबलको सेमिफाइनल खेल हुनेछ । यसैगरी भलिवलकै दोस्रो सेमिफाइनल खेलमा दिउँसो पाकिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । यसैगरी कराँतेको पहिलो दिन उद्घाटन र खेल तालिका सार्वजनिक कार्यक्रम मात्रै हुनेछ । करातेका खेलहरु भने भोलिबाट हुने कार्यक्रम छ । किर्तिपुर नयाँ बजारमा खोखोको महिला र पुरुष दुवैतर्फको खेल आजैबाट सुरुहुनेछ । खोखोको महिला र पुरुष दुबै समूहमा नेपालले बंगलादेशसंग खेल्दैछ भने भारतले श्रीलंकाविरद्ध प्रतिस्पर्धा गर्नेछ । यसैगरि पोखरा रंगशालाको कभर्ड हलमा ब्याडमिन्टनतर्फ पुरुष र महिला टिम इभेन्ट्सको क्वाटरफाइनल र सेमिफाइनलको खेल हुने कार्यक्रम छ ।13th_sag-nepal

दक्षिण एसियाका नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतियोगितामा सहभागीता जनाएका छन् । २४ मंसिरसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक गरी ६ हजार ५०० ले सहभागिता जनाउँदै  छन् । त्यसमध्ये ३ हजार खेलाडी, १ हजार अफिसियल, २ हजार २७० रेफ्री, जज र जुरी रहनेछन् । २८ खेलमा ३१६ स्वर्णसहित १ हजार १११ पदकका लागि प्रतिस्पर्धा हुने सागमा नेपालबाट ६९४ खेलाडी दर्ता गरिएको छ ।

यस प्रतियोगितामा प्रतिस्पर्धा हुने २८ मध्ये आठ खेल पोखरामा हुनेछ । कुस्ती प्रतियोगिता जनकपुरमा हुनेछ । बाँकी खेल काठमाडौं र ललितपुरमा हुने आयोजकले जनाएको छ । उद्घाटन काठमाडौंको त्रिपुरेश्वरस्थित रंगशालामा हुने भएपनि पोखरा रंगशालामा सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।

साग प्रतियोगिताभर साढे १९ हजार सुरक्षाकर्मी खटाइएको छ । पोखरा र जनकपुरमा प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र अनुसन्धानका कर्मचारी सुरक्षामा खटिनेछन् । नेपाल आउने खेलाडीका लागि काठमाडौंका विभिन्नस्तरका ५० भन्दा बढी होटल बुक गरिएको छ । स्वदेशी तथा विदेशी खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी र पाहुनालाई ती होटलमा राखिनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button