अन्यसमाचार

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र प्रोत्साहन -GoodNews24

Gobal IME Bank

खाँदबारी । गर्भवती र सुत्केरीको सुविधाका लागि खाँदबारी नगरपालिकाले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्ने भएको छ ।

नगरपालिकाले महिला र नवजात शिशुको संवेदनशीलतालाई दृष्टिगत गरेर बर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई निःशुल्क एम्बुलेन्स तथा पौष्टिक आहार प्रदान गर्ने भएको छ । आमा र बच्चालाई स्वास्थ्य र कुपोषित हुनबाट बचाउन बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले ‘बाल पोषण पोको कार्यक्रम’ ल्याएको नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो ।

बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने नगरपालिकाभित्रका आमालाई बाल पोषण पोको कार्यक्रमअन्तर्गत एकमुष्ट रुपमा नगद तीन हजार उपलब्ध गराइने प्रमुख खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिका र आमालाई आवश्यक पर्ने पोषणयुक्त खानेकुरा खरिद गर्ने सहयोग पुर्याउने उद्देश्यका साथ आव २०७६/७७ को नीति नगर परिषद्ले पारित गरेको छ ।”

बाल पोषण पोका कार्यक्रमले बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।

सुरक्षित प्रसूति सेवा गराउनेलाई निःशुल्क एम्बुलेन्स सेवाको पनि व्यवस्था गरेको नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो । आमा र बच्चा दुवै ज्यान सुरक्षित बनाउन सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको उहाँको भनाइ छ । नगरपालिकाले नगरभित्र बसोबास गर्न गर्भवती भएका आमालाई बर्थिङ सेन्टरसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्ससमेत प्रदान गरिएको प्रमुख खतिवडाको भनाइ छ । खाँदबारी नगरपालिकाभित्र जिल्ला अस्पतालसहित अन्य तीनवटा बर्थिङ सेन्टरहरु भए पनि जिल्ला अस्पतालमा मात्र दक्ष चिकित्सक उपलब्ध छन् । नगरभित्र तुम्लिङटार, सेकाहा र शीतलपाटीमा बर्थिङ सेन्टर छन् ।

सडक सञ्जाल जोडिएका जुनसुकै स्थानका गर्भवतीलाई नगरपालिकाकै एम्बुलेन्स निःशुल्क सेवा प्रदान गर्न कार्यविधिसमेत बनाइएको छ । नगरपालिकाको एम्बुलेन्स उपलब्ध नभएको ठाउँमा अन्य जो कोहीको एम्बुलेन्स प्रयोग गर्न सक्ने र त्यसको बिल भर्पाई नगरपालिकालाई बुझाएपछि उक्त खर्चबापतको भुक्तानी नगरपालिकाले व्यहोर्नेसमेत नगरप्रमुख खतिवडाले बताउनुभयो ।

उक्त सेवा र सुविधा लिनका लागि बच्चाको जन्मदर्ता गराउन जाँदा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाणपत्र र बर्थिङ सेन्टर आउँदाको एम्बुलेन्सको बिल भर्पाई लिएर जानुपर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । यो कार्यक्रमका लागि चालू आवमा रु ६ लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button